एनपिएलः जनकपुरकाे जर्सी सार्वजनिक

एनपिएलः जनकपुरकाे जर्सी सार्वजनिक
+
-

जनकपुरधाम– नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली जनकपुर बोल्टसले आफ्नो जर्सी सार्वजनिक गरेको छ।

सोमबार जनकपुरधाम स्थित एक होटेलमा कार्यक्रमको आयोजना गर्दै मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवाल र टीमका मार्की प्लेयर आशिफ शेखले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्।

जर्सी सार्वजनिक कार्यक्रममा मन्त्रीसहित जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, भंगहा नगरपालिकाका मेयर उपस्थित थिए भने नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, मधेस क्रिकेट संघ तथा जिल्ला क्रिकेट संघका पदाधिकारीहरु उपस्थित थिए।

जनकपुर टीममा आशिफ शेखसहित अनिल कुमार साह, ललितनारायण राजवंशी, रुपेश कुमार सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कन्सकर, शेर मल्ल, हेमन्त धामी, अर्निको प्रसाद यादव र तुल बहादुर थापा मगर रहेका छन्। आगामी मंसिर १५ गतेदेखि एनपीएलको पहिलो संस्करण सुरु हुँदैछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?