कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’बाट सम्मानित

कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’बाट सम्मानित
+
-

बेलायत- विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित भएका छन् ।

बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगर अवार्ड थापेका हुन् ।

डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा हरिले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन् ।

अवार्ड हस्तान्तरण कार्यक्रममा अफगानिस्तान युद्धमासँगै लडेका सहकर्मीसँगै पुगेका थापामगर भाव विह्वल भएका थिए ।

अफगानिस्तानमा खुट्टा गुमाउनेगरी भएको विष्फोटका क्रममा आफू पछाडि रहेका सहकर्मीसहित अवार्ड समारोहमा सहभागी हुँदा त्यो घटना सम्झिएर भक्कानिएको उनले बताए ।

“बेलायतलाई १५ वर्ष सैन्य सेवा दिए, अनि मेरा दुई खुट्टा पनि गयो”, उनले भने, “आज बेलायतले यो प्राइड अफ ब्रिटेन अवार्ड दिएको छ, धेरै खुसी छु ।” उनले आफ्नो सम्मान विश्वका सम्पूर्ण अपाङ्गता भएकाहरुको सम्मान भएको बताए।

सन् १९९९ देखि आयोजना गर्न थालिएको यो अवार्ड समारोहमा आफ्नो असाधारण क्षमताबाट अरूको जीवनमा वास्तविक भिन्नता ल्याउने पात्रहरूलाई सम्मान गर्ने गरिन्छ ।

मगरले बेलायती सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तामा विद्युतीय धरापमा दुुवै खुुट्टा गुमाएका हुन् । उनले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै, दुवै घुँडाभन्दा तल खुट्टा नभएको पहिलो आरोहीको विश्व रेकर्ड राखेका छन् ।

प्राइड अफ ब्रिटेन अवार्डस् २०२४ कार्यक्रममा बेलायती प्रधानमन्त्री किर स्टर्मर पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु, ख्यातिप्राप्त कलाकार सहभागी थिए । सेनाका बहालवाला र पूर्वअधिकृतको उपस्थिति थियो ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?