अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ उपत्यकामा आज दिनभर वर्षा भएको छ। बिहीबार रातिदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मध्यमदेखि भारी वर्षा भइरहेको छ। आइतबार मध्याह्नपछि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ।
लगातारको वर्षाले काठमाडौँ उपत्यकामा नदी तथा खोलाहरु उर्लिएका छन्। काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, कर्मनसा, हनुमन्तेलगायतका नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ।
हेर्नुहोस् तस्बिरहरुः


