अ
+
अ
अ
-
अमेरिकाको भर्जिनिया, मेरिल्यान्ड र डिसी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले इन्द्रजात्रा पर्व धुमधामका साथ मनाएका छन्।
काठमाडौँ उपत्यकाको विशेषा महत्त्वपूर्ण पर्व इन्द्रजात्रा डिसी र वरपरका क्षेत्रका नेपालीहरुले धुमधामका साथ मनाएका हुन्।
शनिबार मेरिल्यान्डको मोन्ट्गोमेरी काउन्टीमा आयोजित कार्यक्रममा ठूलो संख्यामा नेपाली सहभागी थिए । कार्यक्रममा मेरिल्यान्डका डेलिगेट्स ह्यारी भण्डारी प्रमुख अतिथि थिए।
भण्डारीले नेपाली संस्कृतिको एक अभिन्न अंग रहेको इन्द्रजात्रा समारोहमा आउन पाउँदा खुसी व्यक्त गरेका छन्।
स्थानीय नेपालीले आयोजना गरेको कार्यक्रममा नेपाली संस्कृतिको सम्पन्नतालाई सहभागीहरुले प्रशंसा गरेका थिए।
तस्बिरहरु:
