‘र्‍याली अफ हिमालयाज’को चौथो संस्करणमा नेपालबाट दीपकले प्रतिनिधित्व गर्ने

‘र्‍याली अफ हिमालयाज’को चौथो संस्करणमा नेपालबाट दीपकले प्रतिनिधित्व गर्ने
+
-

काठमाडाैँ – भारतमा आयोजना हुन लागेकाे र्‍याली अफ हिमालयाजकाे चाैथो संस्करणमा नेपालको तर्फबाट राइडर दीपक कुमार साह सहभागी हुने भएका छन्।

र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो, जसले संसारभरका शीर्ष राइडरहरू सहभागी हुने गर्दछन्। साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्नेछन्।

यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रशिद्ध छ। इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठीन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।

दीपकले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गर्दछु र म आफ्नो देशलाई मोटर स्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’

 दीपक सन् २०१७ र २०१८ मासमेत रेड द हिमालयाजमा भाग लिएका थिए। त्यसैगरी २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए। उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र र्‍याली अफ चाम्बाको विजयीसमेत बनेका थिए।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ। हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो। 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?