श्रीलंकाको राष्ट्रपति निर्वाचनमा बामपन्थी उम्मेदवार दिशानायके किन अगाडि मानिन्छन् ?

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा बामपन्थी उम्मेदवार दिशानायके किन अगाडि मानिन्छन् ?
+
-

श्रीलंकामा शनिबार (भोलि) राष्ट्रपतिको निर्वाचन हुँदैछ। पछिल्लो सर्वेक्षणहरूले त्यहाँका परम्परागत दलका उम्मेदवारलाई पछि पार्दै बामपन्थी उम्मेदवार जिताउने प्रक्षेपण गरेका छन्। 

नेशनल पिपुल्स पावर (एनपीपी) का अध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार अनुरा कुमारा दिशनायके सर्वेक्षणहरूमा  अगाडि रहेका छन्।

अनुराले तीन बलिया उम्मेदवारलाई कडा चुनौती दिने मानिएको छ। सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा रहँदा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे उनीपछि तेस्रो स्थानमा छन्। पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा त छन् तर उनी सर्वेक्षणहरूमा जित्ने सम्भावनामा निकै पछि छन्।

मिडिया रिपोर्टरहरूलाई आधार मान्दा श्रीलंकामा दुई वर्षअघिको आर्थिक संकट अझै पनि मानिसहरूको दिमागबाट हट्न सकेको छैन्। देशको अवस्था केही मात्रामा सुधार त भएको छ तर मानिसहरूले त्यो समयमा भोगेको कठिनाइ अहिले पनि ताजै छ। यही कारण देशको सबैभन्दा लामो समय श्रीलंकाको सतामा रहेको ‘राजपाक्षे परिवार’ विगत दुई दशकदेखि चुनावी दौडमा बाहिर रहेको मानिन्छ।

श्रीलंकामा गम्भीर मन्दीपछि भएको ऐतिहासिक जनआन्दोलनको कारण अनुरा कुमारा दिशानायकेको लोकप्रियता ह्वातै बढ्यो। २०१९ को चुनावमा पनि उठेका दिशानायकेले केवल ३.९ प्रतिशत मात्र भोट पाएका थिए। तर जनआन्दोलनबाट उनको बढेको लोकप्रियता भोलि हुने चुनाबबाट भोटमा कति कन्भर्ट हुन्छ त्यो भने चुनावी नतिजा पछि देखिने छ।

भ्रष्टाचारको विरोधमा कडा अभिव्यक्तिका कारण युवामाझ लोकप्रिय बनेका अनुरा का कारण उनको पार्टीको लोकप्रियता ४ वर्षमा निकै बढेको छ। श्रीलंकाका जनताले एनपीपीबाट आर्थिक सुधार र सामाजिक समानताका लागि धेरै अपेक्षा गरेका छन्, किनभने यो पहिले कहिल्यै सत्तामा थिएन त्यसैले जनताले यसमा बढी विश्वास गरेका छन् की यो पटक उसले श्रीलंकाको आशालाई नयाँ तरिकाले सञ्चालित गर्ने छन् भनेर।

अनुराले हरेक अभियानमा श्रीलंकालाई भ्रष्टाचारमुक्त गर्ने वाचा गरिरहेका छन्। देशको आर्थिक अवस्था खस्किनुको मुख्य कारण भ्रष्टाचार भएको युवाहरुमाझ उनको धारणा छ। उनले पार्टीले बलियो अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कायम गर्ने बताउँदै आएका छन्। उनलाई चीन निकट मानिन्दै गर्दा भारत संसकीत छ। यस्तोमा उनले चीन र भारत श्रीलंकाका दुई प्रमुख आर्थिक साझेदार भएकाले दुबैसँग राम्रो सम्बन्ध बनाउने बाचा गरेका छन्।

पार्टीले डिसेम्बर २०२३ मा चीनको भ्रमण गरेको थियो र चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूलाई भेटेको थियो। त्यस्तै, एनपीपी प्रतिनिधिमण्डलले फेब्रुअरी २०२४ मा भारतको भ्रमण गर्योर र विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत वरिष्ठ भारतीय अधिकारीहरूलाई पनि भेट्यो। अनुराले फेब्रुअरी २०२४ मा भारतको भ्रमण गरेका थिए। यस क्रममा उनले विदेशमन्त्री एस जयशंकरसँग भेट गरे।

त्यसोत वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। उनले श्रीलंकाको दक्षिणपन्थी पार्टी युनाइटेड नेसनलिस्ट पार्टीबाट राजीनामा दिएका थिए। विक्रमासिङ्घेले आफ्नो दुई वर्षको कार्यकालमा हासिल गरेको राजनीतिक र आर्थिक स्थायित्वलाई सङ्केत गरेको देखिन्छ। उनले वर्तमान सरकारले मुद्रास्फीति घटाउने जस्ता महत्वपूर्ण आर्थिक सफलता हासिल गरेको बताउँदै श्रीलंकाको अर्थतन्त्र ट्रयाकमा ल्याएको जस लिएर चुनावी मैदानमा छन्।

भोलि हुने राष्ट्रपतीय निर्वाचनमा कुल ३८ उम्मेदवार (उम्मेदवारी दिने ३९ मध्ये एकको मृत्यु भएको) राष्ट्रपतीय निर्वाचनमा होमिएका छन्। तर एकजनापनि महिला उम्मेदवार यो दौडमा छैनन्। ५५ वर्षीय दिशानायके, युएनपीका पूर्वराष्ट्रपति रणसिंघे प्रेमदासाका छोरा ५७ वर्षीय सजिथ प्रेमदासा र वर्तमान राष्ट्रपति ७५ वर्षीय विक्रमासिंघेबीच प्रतिस्पर्धानै मुख्य हुने मानिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?