एनपिएलमा सहभागि टिमको लिलामी, सर्वाधिक मुल्य पोखरालाई

एनपिएलमा सहभागि टिमको लिलामी, सर्वाधिक मुल्य पोखरालाई
+
-

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा भाग लिने ६ टिमको लिलामी भएको छ। क्यानले यसअघि एनपिएलमा ६ टिमहरुको नाममा फ्रेन्चाइज लिगको घोषणा गरेको थियो। जसको आज लिलामी गरेको हो।

लिलामिमा पोखरा फ्रेन्चाइज टोली सर्वाधिक ३  करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैंयामा नेपाल टी-२० प्रा.लिले खरीद गरेको हो। त्यस्तै दोस्रो सर्वाधिक मुल्य काठमाडौंले पाएको छ। काठमाडौं फ्रेन्चाईजलाई ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा कान्तिपुर पब्लिकेसन प्रा.लिले बिडिङ गरेको छ।

त्यस्तै एनपिएलको अर्को टोली चितवनको टिमको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँ मा  लिन सफल भयो। त्यस्तै विराटनगरको स्वामित्व एम ए डी ड्रिम स्पोर्टसले पाएको छ। उसले विराटनगरलाई १ करोड ५१ हजार रुपैयाँमा खरिद गर्न सफल भयो। लुम्बिनीलाई फर्चुन हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैंयामा खरिद गर्दा जनकपुरलाई ड्रिम स्पोर्टसले २ करोड ५ लाखमा खरिद गर्‍यो।

त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बिल्डर्सले पाएको छ। उसले कर्णालीको स्वामित्व १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णालीको स्वामित्व खरिद गरेको हो। त्यस्तै सुदुरपश्चिमलाई  इम्पायर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा आफ्नो स्वामित्वमा लिन सफल भयो। एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुँदै छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?