नेपाली तीर्थयात्री सवार बस भारतकाे बिहारमा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते

नेपाली तीर्थयात्री सवार बस भारतकाे बिहारमा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते
तस्बिर: अमर उजाला
+
-

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएकाे छ। समस्तीपुर जिल्लामा आइतबार बिहान ३ बजे भएकाे दुर्घटनामा परी ३५ भन्दा बढी घाइते भएका छन्। बस समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा पल्टिएको हो।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घाइतेहरूमध्ये ८ जनाकाे अवस्था गम्भीर रहेकाे छ। घाइतेहरूकाे मुश्रीघरारीको निजी तथा सदर अस्पतालमा भर्ना गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै मुश्रीघरारी प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर बसमा फसेका यात्रीहरूलाई बाहिर निकालेर राष्ट्रिय राजमार्गस्थित निजी अस्पतालमा लगिएको थियो।

६ जनाको अवस्था गम्भीर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?