अ
+
अ
अ
-
काठमाडौँ – कीर्तिपुरको बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना गरिएको छ।

क्रोधकला शिरोमणि कालु कुमालेका स्वर्गीय छोरा वीरेन्द्रकुमार अवालेको स्मृतिमा ल्हामो ह्याण्डीक्राफ्टद्वारा निर्मित उक्त मूर्ति स्थापना गरिएको हो।

परम्परागत नेवारी पोशाकमा सजिएकाहरुको साँस्कृतिक बाजागाजासहित मूर्ति स्थापना गरिएको हो। मूर्ति स्थापनाअघि मूर्तिलाई खटमा राखेर ललितपुरका विभिन्न स्थानमा परिक्रमा गरी कीर्तिपुर लगिएको थियो।


