२ सय ६६ दिनपछि रङ्गशालामा फुटबल त फर्कियो तर किन फर्किएन उत्साह?

२ सय ६६ दिनपछि रङ्गशालामा फुटबल त फर्कियो तर किन फर्किएन उत्साह?
+
-

काठमाडाैँ – पारो एफसीमा एसियाका चर्चित स्टार तथा जापानबाट लगातार तीन विश्वकपमा गोल गरेका केइसुके होन्डाको अनुबन्धनसँगै उनी नेपाल आउने पक्का थियो। किनकि एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपाल र पारो भिड्दै थिए।

एसियाका उत्कृष्ट स्ट्राइकर नेपाल आउने र उनको खेल दशरथ रङ्गशालामा हेर्न पाउने उत्साहबिच फुटबल समर्थकले नेपाली लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानी क्लब पारो एफसीको खेलको प्रतीक्षामा थिए। अन्तत दशरथ रङ्गशालामा यि दुई टोलीबिचको खेल मंगलबार सम्पन्न भयो। तर खेल सम्पन्न भए पनि नेपालको मैदानको चर्चा सेलाएको छैन्।

खेल सुरु हुनु ठिक अघि परेको वर्षाले मैदानमा वर्षा जम्यो। सुरुवातबाटै बल गुड्न मानिरहेको थिएन् खेलाडी चिप्लीरहेका थिए। तर केही समय पछि मैदान उकिन्न थाल्यो। परिणामत खेलाडी हिलाम्य मात्र भएन्न। यो स्तरको खेलका लागि मैदान १० मिनेट पनि योग्य हुन सकेन्। तर पुरै ९० मिनेट चलेको खेलले अनेकन सन्देश एकै पटक छोड्न सफल भयो।

२ सय ६६ दिनमा पनि खेल्न योग्य नबनेको रङ्गशाला

आजभन्दा २ सय ६७ दिन अघि अर्थात २१ नोभेम्बर २०२३ मा दशरथ रङ्गशालामा ओमानसँग नेपालले विश्वकप छनोट अन्तर्गत समूह ुएचु को खेलमा प्रतिस्पर्धा गरेको थियो। करिब ९ महिना अघि भएको फुटबल प्रतियोगिता पछि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल गतिविधि भएन्न। यदि मैदानमा नियमित मर्मतसम्भार गरेको भए यो बिचमा विश्वकप छनोट अन्तर्गत बहराइन र युएइको खेल नेपाली मैदानमा हुने थियो।

तर विडम्बना यो बिचमा दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमायो। राष्ट्रिय खेलकुद परिषद र एन्फा नेतृत्वको नालायकिपनले नेपाली दर्शकको घरेलु मैदानमा फुटबल हेर्ने अधिकारमाथि तुषारापात भयो। तर प्रतिबन्ध पछि पनि खेलकुद नेतृत्वको चेत पलाएन। केही दिन अघि मात्र अन्तर्राष्ट्रिय मान्यता फर्किएको रङ्गशाला एउटा खेलको सुरुवातलेनै पुन हिलाम्य मात्र भएन बाँकी खेल हुन नसक्ने गरी बिग्रियो।

वर्षा र खराब मैदानले दिन नसकेको मजा

खेलमा नेपालको चर्च ब्वाइज विरुद्ध पारो एफसीले दोस्रो हाफमा अग्रता बनायो। अग्रता बनाएको केही समयपछिनै दर्शकहरु मैदानबाट बाहिरिन थालेका थिए। अर्थात उनीहरुले पुरै खेलको मज्जा लिन चाहेन्न। किनकी त्यहाँ दुबै टिमले फुटबलको स्किल भन्दा धेरै बलको प्रयोग र ज्यान जोगाएर खेलेको दृश्यले फुटबल समर्थक पुरै समय मैदानमा टिक्न चाहेनन्। समग्रमा टिकटको मुल्य असुल खेल हेर्ने दर्शकको चाहना पुरा भएन्। यदि मैदानमा खेलाडीका खुट्टा नगाडिएको हुन्थ्यो भने वर्षाबिच पनि खेलहरु उत्कृष्ट हुने गर्थ्यो। दशरथ रङ्गशालामानै बर्षाबिच सयौं खेलहरु भएका छन्। तर मंगलबारको खेल जस्तो खेलाडीहरु बाउसे गरेर फर्किएको जस्तो अवस्था विरलै देखिन्थ्यो।

होन्डाको नामले रङ्गशालामा फर्किएको फुटबल माहोल

त्यसोत नेपाली दर्शक क्लब फुटबलमा अपेक्षित रुपमा रङ्गशाला पुग्ने गर्दैन्न। जति अन्तर्राष्ट्रिय फुटबल हुन्छ त्यो स्तरमा नेपाली समर्थक विरलै पुग्छन्। अझ सहिद स्मारक ए डिभिजन लिगमा त पछिल्लो समय नेपाली दर्शकले चासो दिन छोडेको धेरै भैसक्यो। तर मंगलबार नेपाल र पारो बिचको खेलमा होन्डाको नामले महँगो टिकट मूल्यबीच अपेक्षित दर्शक रङ्गशाला पुगे।

तर त्यो माहोललाई नेपाली फुटबलको नियमनकारी निकाय एन्फाले आफ्नो पक्षमा पार्ने कुनैपनि प्रयास गरेन। अर्थात् उसले आफ्नो सामाजिक सञ्जाल मार्फत प्रचारको मौका त गुमायोनै एक भेट्रान्ट अन्तर्राष्ट्रिय स्टार तितो अनुभवसहित फर्किए। यदि एन्फाले चाहेको भए केइसुके होन्डालाई सम्मानपूर्वक नेपाली फुटबल समर्थक र नेपालको माया दिन सक्थ्यो। तर होन्डाले सुरुवातबाटै नेपाली फुटबलको दुर्दशा देखे। तुलनात्मक रुपमा जापनीजहरु संयमित हुन्छन तर होन्डाले मैदानको अवस्थाको बारेमा आलोचना मात्र गरेनन्। उनले नेपाली मैदानको खराब अबस्थालाई अन्तर्राष्ट्रियकरणनै गर्दिए।

पारोले गरेको लगानि र डुब्दो नेपाली फुटबल

मंगलबार नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबिचको खेलमात्र थिएन्। यहाँ विरासतको समेत चिन्ता थियो। किनकि नेपालका क्लबलाई कुनैपनि भुटानी क्लबले हराएको इतिहास थिएन्। तर मंगलबार पारोले त्यो इतिहास आफ्नो नाममा बनायो। यसको अर्थ डुब्दो नेपाली फुटबलमा पारोले लगानि गरेरै एएफसीको फेरिएको नियमको फाइदा उठायो। अर्थात् जति पनि विदेशी खेलाडी खेलाउने पाउने प्रावधानको फाइदा उठाउँदै इतिहास बनायो।

यसको अर्थ अब भुटानी खेलाडीले समूहचरणमा ठुलो एक्सपोजको अवसर पाउनेछन्। जसले भुटानी फुटबलमा अर्को एउटा इट्टा थप्ने निश्चित छ। यही भविष्य देखेर पारोका प्रशिक्षक पुष्पलाल शर्माले यो जितको महत्व बारे भने, ‘यो जितले अब भुटानी फुटबललाई केही वर्ष अघि लग्ने छ।’ उनले भुटानी खेलाडीले नेपाललाई हराउन नसकेको कुरा स्विकार्दै भने, ‘भुटानी खेलाडीले नसकिरहँदा विदेशी खेलाडीको साथले सम्भव भयो।’ उनले यो जितको अर्थ बारे भने, ‘लगातार पराजित हुँदै आएका थियौं।यो जितले पारोलाई मात्र होइन, पूरा भुटानी फुटबलका लागि विशेष र अर्थपूर्ण हुने छ।’

चर्च ब्वाइजले गुमाएको मौका

बलिया विदेशी स्टारले भरिएपनि नेपाली लिग च्याम्पियन चर्चब्वाइजले खेलमा अनपेक्षित अग्रता लिएको थियो। तर एक मिनेटपनि अग्रता जोगाउन सकेन्। चर्चब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनको भनाइ मान्ने हो भने पाएका अवसरमा चुक्दा खेल गुम्यो। अर्थात दुबै टिम समान स्तरमा खेलेका थिए। तर नतिजामा चर्चब्वाइज चुक्यो। यो सँगै चर्चब्वाइजले बलियो अन्तर्राष्ट्रिय क्लबहरुसँगको एक्सपोज गुमायो। एकतर्फ नेपाली राष्ट्रिय फुटबलरले ठुला टोलीसँगको खेलको अनुभवको मौका गुमाए। साथमा चर्च ब्वाइजले आर्थिक रुपमा हुन सक्ने ठुलो फाइदाको अवसर समेत गुमायो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?