हेलिकप्टर दुर्घटना भएको स्थानमा यस्तो देखियो (तस्बिरहरु)

हेलिकप्टर दुर्घटना भएको स्थानमा यस्तो देखियो (तस्बिरहरु)
+
-

सूर्यचौर (नुवाकोट)-  नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सबै यात्रु र क्याप्टेनको शव प्रहरीले संकलन गरेको छ। उक्त शवलाई काठमाडौँतर्फ लैजान संकलन गरिएको हो।

घटनास्थलमा हेलिकप्टरमा पूर्णतया जलेको अवस्थामा छ। उद्धारका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन्।

बुधबार दिउँसो दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार चिनियाँ यात्रुको मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको छ।

ज्यान गुमाउने चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौंबाट १ बजेर १४ मिनेटरमा उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। हेलिकप्टरमा चिनियाँ नागरिकहरु जुदाड टाङ, जी ली र जेमिङ सी सवार थिए। त्यस्तै एक महिला चिनियाँ यात्री यियाद वु पनि हेलिकप्टरमा सवार थिइन्।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा परेको हो।

नुवाकोटमा प्रजिअ रामकृष्ण अधिकारीका अनुसार घटनास्थलको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्। उक्त हेलिकप्टर केही विदेशी लिएर फेरि स्याफ्रुबेसीबाट काठमाडौँ आउने गरी त्यसतर्फ उडेको थियो।

स्थानीयले डाँडामा धुँवा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ।

सुलभ श्रेष्ठका थप तस्बिरहरु:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?