ओलम्पिकमा नेपाल: पहिलो चरणबाटै बाहिरिए स्यान्टु

ओलम्पिकमा नेपाल: पहिलो चरणबाटै बाहिरिए स्यान्टु
+
-

काठमाडौं- छनोट चरण पार गरेर ओलम्पिक पुगेका टेबल टेनिसका स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका छन्। पेरिसको एक्पो पोर्ट डि भर्सेल्समा शनिबार साँझ भएको खेलमा स्यान्टु सेनेगलका खेलाडी इब्राहिम डियावसँग ४-० को सेटमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिए।

स्यान्टुले सेनेगलका खेलाडीमाथि कुनैपनि समय दबाब बढाउन सकेनन्। पहिलो सेटमा केहि चुनौती दिएका उनले त्यसपछि भने फराकिलो अन्तरले खेल गुमाए। स्यान्टुले खेल १०-१२, ३-११, ४-११ र  ५-११ ले खेल गुमाउन पुगेका थिए।

नेपालबाट टेबल टेनिसले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएको थियो। सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपाल अहिले आफ्नो १५ औं संस्करण ओलम्पिक खेल्दै छ।  यो बिचमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुन्।

उनले ओलम्पिकका लागि दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई पराजित गर्दै पेरिसको टिकट पक्का गरेका थिए। यसअघि तेक्वान्दोका खेलाडीहरु संगिना वैधले सन् २००४ को एथेन्स र दीपक विष्टले सन् २००८ को बेइजिङ ओलमिपकमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए।

नेपालले आफ्नो दोस्रो इभेन्टको खेलमा पनि आजै प्रतिस्पर्धा गर्दै छ। समूह ‘पी’ मा रहेका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले आज राति १२:५५ मा हुने आफ्नो पहिलो खेलमा विश्व नम्बर दुई तथा स्वर्ण दाबेदार डेनमार्कका भिक्टर एक्सेल्सनको सामना गर्ने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?