अमेरिकी सेक्रेट सर्भिस प्रमुखद्वारा राजिनामा

अमेरिकी सेक्रेट सर्भिस प्रमुखद्वारा राजिनामा
+
-

अमेरिकी सेक्रेट सर्भिस प्रमुख किम्बर्ली चेट्लीले आफ्नो पदबाट राजिनामा दिएकी छिन्। पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका आगामी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको हत्या प्रयासमा उनीमाथि गोली चलेपछि  सेक्रेट सर्भिस प्रमुखको चौतर्फी आलोचना भएको थियो भने उनको राजिनामा मागिएको थियो।

अमेरिकामा ठूला नेताहरुको सुरक्षाको जिम्मेवारी बोकेको गुप्तचर निकायका रुपमा रहेको सेक्रेट सर्भिस प्रमुखमाथि ट्रम्पको सुरक्षामा लापरवाही गरेको आरोप लागेको थियो। साथै संसदहरुले उनको राजिनामा माग गरेका थिए। पछिल्लो समय विपक्षी मात्र नभइ सत्ता पक्षले पनि उनको आलोचना गरिरहेका थिए।

उनको केही समय अघि चर्को आलोचना भएपछि आफूले पदबाट राजिनामा दिन लागेको जानकारी गराएकी हुन्। उनले सहकर्मीलाई लेखेको पत्रमा आफूले राजिनामा दिन लागेको उल्लेख गरेकी छिन्। उनले छानवीनको महत्वपूर्ण कार्यहरु प्रकृयामा रहँदानै यसबाट अन्यत्र ध्यान भड्काउने प्रयास भएको भन्दै आफूले राजिनामा दिन लागेको जनाएकी छिन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार उनले पत्रमा आफ्नो मुख्य कर्तव्य राष्ट्रका नेताहरुको सुरक्षा गर्नु भएको तर उक्त जिम्मेवारीमा कमजोरी भएको  स्विकार गरेकी छिन्। उनले सुरक्षा सम्बन्धी गल्तीका कारण १३ जुलाईमा डोनाल्ड ट्रम्पको र्यालीमा उनीमाथि गोली प्रहार भएको उल्लेख गरेकी छिन्।

उनले महत्वपूर्ण मिसनमा ध्यान अन्यत्र मोड्न आफ्नो राजिनामा मागिएको दाबि गरेकी छिन्। उनले लेखेको पत्रमा भनिएको छ ‘हाम्रो महत्वपूर्ण मिशनका लागि तपाँइसबैले गरेको मिहिनेत र ध्यान भड्काउने प्रयास भएको छ।’

त्यस्तै उनले हरसमय सेवानै प्राथमिक्ता हुनु पर्ने भएकाले त्यसमा ध्यान नभड्कियोस भनेर राजिनामा दिन लागेको उल्लेख गरेकी छिन्। उनले भारी मनका साथ कठिन निर्णय गरेको उल्लेख गरेकी छिन्। उनले सहकर्मी साथीहरुलाई समेत धन्यवाद दिएकी छिन्।

सेक्रेट सर्भिससँग रुष्ट भएका अमेरिकी सांसदहरुले अमेरिकाको संघीय अनुसन्धान विभाग (एफबीआई) प्रमुखलाई पनि संसदीय सुनुवाइमा बोलाएका छन्। उनीहरुले एफबीआइ प्रमुखको समेत राजिनामा माग्ने तयारी गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?