मधेसमा खानेपानीका समस्या समाधान गर्न सांसद चौरसियाको माग

मधेसमा खानेपानीका समस्या समाधान गर्न सांसद चौरसियाको माग
फाइल फोटो
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आँधी, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेसको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए। उनले भैँसीको अगाडि वीन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे।

सांसद चौरसियाले भने, ‘मधेशमा खानेपानीको समस्या भएको छ। मुहानहरु सुक्दै गएका छन्। र पानीको लागि त्राहीमाम छ। हाहाकार छ। अर्कोतिर आँधि, तुफान, हावाहुरीको कारणले, असीनाको कारणले घर उठाएको छ। खेतीपाती नोक्शान भएको छ। बगैँचा नोक्शान भएको छ। र पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरु उठाएको छु। तर सरकार कानमा तेल हालेर सुतेको छ। सम्माननीय सभामुखबाट रुलिङ होस्। मधेशमा एउटा उखान छ– भैंसका आगे विन बजाय। त्यस्तो नहोस्। र संसद सचिवालयका कर्मचारीहरुको जायज माग अभिलम्ब पूरा गरियोस्।’

सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?