इंग्लिस प्रिमियर लिगको नयाँ संस्करणको खेल तालिका सार्वजनिक

इंग्लिस प्रिमियर लिगको नयाँ संस्करणको खेल तालिका सार्वजनिक
+
-

बहुचर्चित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेलतालिका सार्वजनिक गरिएको छ। २०२४-२५ को पहिलो खेलमा नवप्रवेशी इप्सविच र उपाधि दाबेदार लिभरपुलबीच पहिलो खेल हुँदै छ।

इप्सविच २००१-०२ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको हो। १७ अगस्टबाट सुरु हुने खेलमा २२ वर्षपछि बढुवा भएको इप्सविच र लिभरपुल भिड्दा सोही दिन म्यानचेस्टर युनाइटेड र फुलह्याम वल्ड ट्राफोर्डमा भिड्ने छन्। त्यस्तै आर्सनल र वुल्भस, एभर्टन र ब्राइटन, न्युक्यासल र साउथहेम्टन, नोटिङ्घम फरेस्ट र बोर्नमाउथ तथा  वेस्टह्याम र एस्टन भिल्ला पनि सोहि दिन प्रतिस्पर्धा गर्ने छन्।

साविक च्याम्पियन म्यानचेस्टर सिटीले भने १८ अगस्टमा स्टाम्फोर्ड ब्रिजमा चेल्सी विरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। सोही दिन पहिलो खेलमा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस भिड्ने छन्।

लगातार चारपटक प्रिमियर लिग जितेर दबदबा बनाएको सिटीलाई यो पटक सुरुवातमै जित निकाल्नु पर्ने चुनौती रहँदा अन्तिमसम्म दबाब दिएको आर्सनलले भने आफ्नो घरेलु मैदानमा वुल्भसविरुद्ध खेल्दै सिजनको सुरुवात गर्दै छ। त्यस्तै टोटेनह्याम र लेस्टर २० अगस्टमा भिड्ने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?