जितेपछि सुहाङले भनेः बुवाको बाटो पछ्याउँछु

जितेपछि सुहाङले भनेः बुवाको बाटो पछ्याउँछु
+
-

काठमाडौँ – इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्।

नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक–एक मतको मूल्यांकन हुने गरी काम गर्ने बताए।

उनले भने, ‘म एकदमै हर्षित पनि छु। अलिअलि भावुक पनि भएको छ। यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ, धेरै बोल्न चाहन्न। म के वाचा गर्न चाहन्छु भने तपाईंहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एक–एक मत, सुरक्षित राख्नुभएको एक– एक मतको मूल्यांकन नै गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु। मैले बुवाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु। तपाईहरुलाई कहिल्यै पनि संकोच हुन नदिने छैन। तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन।’

नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए। संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका छोरा सुहाङलाई उम्मेदवार बनाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?