अ
+
अ
अ
-
काठमाडौँ – सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
यस्तै, सरकारले नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको उनले बताइन्।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने सरकारको निर्णय छ।
सरकारले नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गरेको छ।