एकीकृत समाजवादीकाे जिल्ला कमिटीले सांगठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

एकीकृत समाजवादीकाे जिल्ला कमिटीले सांगठनिक प्रगति विवरण केन्द्रलाई बुझायो
फाइल तस्बिर।
+
-

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सबै जिल्ला कमिटीले सांगठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका संगठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

महाधिवेशन प्रतिनिधि छनौटका लागि नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदनका साथै महाधिवेशन केन्द्रित अभियानमा सञ्चालित राजनीतिक कार्यक्रम केन्द्रमा बुझाएको हो। त्यसको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने छ।

पार्टीले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेन महाधिवेशन दस्तावेज लेखन समितिलाई बुझाइएको छ। उक्त समितिले ती प्रतिवेदनमा थप छलफल गरेपछि एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उनले जानकारी दिए।

राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ। समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा वैज्ञानिक समाजवादी अर्थव्यवस्थाको अवधारणा, स्वरूप र संरचना, अन्तर्राष्ट्रिय अभ्यासलाई समेटिएको छ।

देशभर पार्टीको सांगठनिक अवस्था उल्लेख गरिएको साङ्गठनिक प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई आगामी दिनमा जनताका बीच लैजान सुझाइएको छ। विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्म निर्वाचित हुनुपर्ने, पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिता गराउने विषयलाई महत्व दिइएको छ।

महाधिवेशन सफल बनाउन पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १० औं महाधिवेशन मूल व्यवस्थापन कमिटी गरेको छ। उक्त कमिटीअन्तर्गत अन्य १३ कमिटीले सम्बन्धित कार्यक्षेत्रका तयारी तीव्र रूपमा सञ्चालन गरेको जनाइएको छ। रासस

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?