गणपूरक संख्या नपुगेपछि मन्त्री श्रेष्ठ बैठक छाडेर निस्किए, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि मन्त्री श्रेष्ठ बैठक छाडेर निस्किए, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
फाइल तस्बिर ।
+
-

काठमाडौं- गणपूरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएकाे छ।

बैठकमा उपस्थित हुन आएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गणपुरक संख्या नपुगेपछि बैठक छाडेर निस्किएका थिए। बैठक सुरू हुन ढिलाइ भएपछि उनी बाहिरिएका हुन्।

बैठक आज बिहान साढे १० बजेका लागि बाेलाइएकाे थियाे। समयमा सबै नआएपछि मन्त्री श्रेष्ठ बैठकबाट बाहिरिएका हुन्। उनी बाहिरिँदा जम्मा आठ जना सांसदकाे मात्र उपस्थित थियाे।

मन्त्री श्रेष्ठ बाहिरिएसँगै गणपूरक संख्या पुगेपनि बैठक स्थगित गरिएकाे छ।

आजकाे बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवम् उपलब्धिसहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुने बताइएकाे थियाे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?