इजरायली युद्ध परिषदले गर्‍याे इरानमाथि जवाफी हमला गर्ने योजनाबारे छलफल

इजरायली युद्ध परिषदले गर्‍याे इरानमाथि जवाफी हमला गर्ने योजनाबारे छलफल
+
-

इजरायली युद्ध परिषद्ले इरानको ड्रोन र मिसाइल आक्रमणलाई कसरी जवाफ दिने भन्ने बारेमा छलफल गरेको छ। हालसम्म इजरायलले उक्त बैठकमा कुनै निर्णय भएको वा नगरेको बताएको छैन।

बैठकमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सरकारलाई संयमता अपनाउन आग्रह गरेका थिए।

इरानले आफ्नो पक्षबाट अब यो मामिला समाप्त भएको संकेत गरेको छ तर इजरायली सेना प्रमुखले इरानलाई अवश्य जवाफ दिइने बताएका छन्।

लेफ्टिनेन्ट जनरल हर्जी हेलेवीले भने, ‘हामी हाम्रा कदमहरूको बारेमा सोंचिरहेका छौं र हामीले मिसाइल र ड्रोन प्रहारको जवाफ दिनेछौं।’

यद्यपि, इजरायलले कहिले र कस्तो कारबाही गर्छ भन्ने कुरा भने उनले बताएनन्।

अमेरिका इजरायली कारबाही चाहँदैन

सिआइएका पूर्व प्रमुख डेभिड पेट्रायसले बिबिसी रेडियो फोरको वर्ल्ड टुनाइट कार्यक्रममा अमेरिका इरानविरुद्ध इजरायलको कारबाहीले विश्व अर्थतन्त्रमा असर नपरोस् भन्ने बताए।

उनले इरानको हमला गम्भीर रहेको र इजरायलले यसलाई कसरी हेरिरहेको छ भन्ने कुरा पश्चिमी देशहरूलाई थाहा भएको पनि बताए।

विश्वभरका नेताहरूले पनि मध्यपूर्वको बिग्रँदै गएको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहुलाई आफू इजरायलको सुरक्षाप्रति प्रतिबद्ध रहेको बताएका छन्। ह्वाइट हाउसका एक अधिकारीका अनुसार इजरायलले इरानविरुद्ध बदला लिएकाे खण्डमा अमेरिका यसमा संलग्न हुनेछैन।

सोमबार बेलायती प्रधानमन्त्री ऋषि सुनकले सबै पक्षले संयम अपनाउनुपर्ने बताएका छन्। संसदलाई सम्बोधन गर्दै उनले नेतान्याहुसँग कुरा गर्ने र यो विषयलाई कसरी बढ्नबाट रोक्न सकिन्छ भनेर छलफल गर्ने बताएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?