एसिसी प्रिमियर कपमा हङकङसँग खेल्दै नेपाल

एसिसी प्रिमियर कपमा हङकङसँग खेल्दै नेपाल
+
-

काठमाडौं- ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल साेमबार हङकङसँग खेल्दै छ। आज बिहान ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपाल हङकङलाई पराजित गर्दै लगातार तीन जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

नेपालले जारी प्रतियोगितामा यसअघि मलेसियालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो। हङकङले भने पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो।

आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट हुँदा हङकङले सनसनीपूर्ण हार भोग्न बाध्य भयो। हारले शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङको चाहनालाई धक्का लागेको छ।

नेपाल आज पनि आफ्नो पुरानै लयलाई निरन्तरताको प्रयासमा मैदान उत्रिंदै छ। जारी प्रतियोगितामा नेपाल प्रतिस्पर्धात्मक जितका बाबजुत आफ्नो उच्च लयको खोजीमा छ।

नेपाल र हङकङबीच अहिलेसम्म ९ टी-२० अन्तर्राष्ट्रिय खेल हुँदा दुबै टोलीले समान ४-४ खेलमा विजयी हुँदा एक खेल वर्षाका कारण रद्द भएको छ। पछिल्ला पाँच भेटमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो।

१० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी-२० प्रतियोगिताका लागि छनोट हुने छ। समूह ‘ए’ मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदा साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ।

मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक भए पनि नेट रनरेटका कारण तेस्रो र चौंथो स्थानमा छन्। कतार भने जितविहीन हुँदै अंक तालिकाको पुछारमा रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?