विश्व कविता दिवस:

लेख्नलाई पनि …!

लेख्नलाई पनि …!
+
-

झरी, बादल
खोंच, हिमाल
पहाड, तराई
नदी, समुन्द्र
सब्बै सब्बै लेखिसकेपछि
एउटा लेखकलाई पनि लाग्दो हो,
अब त केही पृथक लेखूँ!

लाग्दो हो-
– विकासका कविता लेखूँ
– समृध्दिका कथा लेखूँ
– जनताको खुसीका लामा उपन्यास लेखूँ
अनि लेखूँ,
– लेखकले लेखेरै पेट पालेका नियात्राहरू पनि..!

हत्या,
हिंसा,
बलात्कार
लाजनीति
र परनिर्भरताका
स्तम्भ लेख्दा लेख्दा
– घरिघरि घोत्लिँदो पनि होला
– भयका काला बादल मडारिँदा हुन् मन र मस्तिष्कमा

अनि सुस्केरा हाल्दै भन्दो हो-
धत् अब त अत्ति भो ! केही रोचक लेख्नुपर्छ
– जनताका हक लेख्नुपर्छ
– लेख्नुपर्छ भ्रष्टहरूको अवसानका सत्यकथा
– लेख्नुपर्छ लाजनीति साँच्चिकै राजनीतिको गन्तव्यमा
पुगेको नियात्रा
– लेख्नुपर्छ देशको आत्मनिर्भरताका ठूला उपन्यासका ठेली
– लेख्नुपर्छ कथा-कविता सुरक्षित भएका चेली ।

र अन्तमा लाग्दो हो,
‘के गर्छौ?’ भनी कसैले सोध्दा
‘लेख्छु’ भन्ने जवाफमा
दोहोर्‍याएरु प्रश्न नगरियोस्-
अनि काम चैं के गर्छौ ?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?