निन्दनीय बर्बरता

निन्दनीय बर्बरता
+
-

माओवादी-नेपाली कांग्रेस सरकारले आफ्नो ‘सफल’ वर्षगाँठमा अत्यन्तै निन्दनीय उपहार दिएको छ। समग्र मुलुकुलाई र खासगरी युवाहरूलाई सुरक्षित भविष्यको खोजीमा समृद्ध तथा उन्नत दक्षिण कोरिया जाने आकांक्षा बाेकेका दुई युवा सरकारको गोलीबाट ठहरै भएका छन्। केही घाइते अवस्थामा छन्।

दुर्भाग्य नेपाली अस्तित्व र राष्ट्रिय झण्डाप्रति अगाध स्नेह र सम्मान बाेक्दाबाेक्दै पनि झण्डाधारीहरूप्रति त्यही अनुपातमा जनताको आक्रोश, घृणा र अस्वीकृति बढेको छ। शुक्रबार ग्वार्कोमा युवाहरूको त्यो आक्रोश संयोगवश त्यही बाटोबाट गइरहेका झण्डाधारक प्रकाश ज्वाला विरुद्ध खनियो।

किनकि भ्रष्ट छवि बाेकेका वर्तमान शासक मण्डलीमा जनताले अपवाद देख्न छोडेका छन्। कस्तो विडम्बना! कस्तो दुर्भाग्य।

कोरिया जानका लागि आवश्यक परीक्षाबाट युवालाई वञ्चित गर्ने र स्वदेशमा रोजगारी पैदा गर्न नसक्ने लाचार सरकार अब यो घटनालाई पहिलेका अन्य घटना जसरी नै दबाउने प्रयासमा छ।

सुरक्षाकर्मीद्वारा भएको बल प्रयोगको औचित्य छानबिन गर्ने जिम्मा प्रहरीकै डिआइजीलाई दिइएको छ। १७ हजार नेपाली जनताको हत्याको वातावरण वनाउने नेतृत्वसँग त्यसको मतियार नेपाली कांग्रेसले निष्पक्ष छानबिनको औचित्य स्विकार नगरेको प्रमाण यो हाे।

ग्वार्को गोलीकाण्डलगत्तै काेरिया जानका लागि आवश्यक परीक्षा लिन सरकारले निर्णय गर्नुकाे अर्थ के? युवाको हत्यापछि मात्र आफ्नो दायित्व पुरा गर्ने? भ्रष्टाचारमा उन्मुक्ति र युवाहरूको भविष्यसँग खेलवाड वर्तमान सत्ता र विगतमा आलोपालो सरकार चलाएका दलको मनोरञ्जनको विषय वनेको छ। यो शैली स्वीकार्य छैन।

सरकारको प्रवक्ताले यो काण्डमा युवाद्वारा सिर्जित ‘अराजकता’ दोषी भएको आपत्तिजनक अभिव्यक्ति दिएकी छन्, छानबिनपूर्व नै । तर स्वदेशमा रोजगारी नदिने, र रोजगारी खोजीमा विदेश जाने वाटोमा तगारो लगाउने सरकारलाई न्यायको कठघरामा उभ्याउने दायित्व स्विकार गर्न सरकार स्वंयले ढिलो गरेमा त्यसको सम्पूर्ण परिणामको जिम्मा सरकारले लिनु पर्ने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?