उच्च पदस्थदेखि सर्वसाधारणसम्मको रोजाइमा एभिज टेलर्स

उच्च पदस्थदेखि सर्वसाधारणसम्मको रोजाइमा एभिज टेलर्स
अब्दुल करिम।
+
-

काठमाडौँ – मानिसको पोशाक स्थान, परिवेश र भूगोलअनुसार फरक–फरक हुन्छन्। सामान्यतया: औपचारिक र अनौपचारिक पोशाकहरु सोही खालका स्थान, कार्यक्रम वा समारोहमा लगाउने गरिन्छ। खानपान, लवाइखवाइ र जीवनशैली व्यक्तिको रोजाइ हो। यद्यपि, यसको आफ्नै अघोषित नियम भने हुन्छ।

पोशाकको कुरा गर्नुपर्दा औपचारिक कार्यक्रमहरुमा कोट लगाउने गरिन्छ। काठमाडौँको विशालबजारअगाडि टिपटप गल्लीभित्र रहेको एभिज टेलर्समा पनि विभिन्न डिजाइनका कोट पाइन्ट तयार गरिन्छ। यहाँ उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारणसम्म कोटपाइन्ट सिलाउन पुग्छन्।

२०३० सालबाट सुरु भएको एभिज टेलर्स अहिले पनि उत्तिकै चर्चित छ जहाँ दैनिक सेवाग्राहीको लाइन लाग्छ। त्यसमाथि मंसिर महिना बिहेको लगनको पनि चाप हुन्छ, जसका कारण अहिले काम भ्याइनभ्याइ छ।

एभिज टेलरका प्रबन्ध निर्देशक अब्दुल करिम छन्। उनका बुबाले सुरु गरेको एभिज टेलर्स बुबाको देहावसान भएपछि २० वर्षदेखि उनले सम्हाल्दै आएका छन्।

धेरै ठाउँमा प्रबन्धक निर्देशकले काम नगरी सबैलाई मिलाएर काम गराउँछन् तर अब्दुल करिममा अलि फरक गुण छ। उनी आफू पनि काम गर्छन्।

एभिज टेलर्समा सेवाग्राहीको भिड लाग्ने गर्छ। छिटो छरितो र सस्तोमा राम्रोमा कोर्ट पाइन्ट सिलाउने भएर एभिज टेलर्समा सेवाग्राहीको भीड लाग्ने गरेको छ।

प्रत्यक्ष रुपमा २० जनाभन्दा बढीलाई उनले रोजगार दिएका छन्। आफ्नो सम्पूर्ण परिवार यही पेशामा रहेको अब्दुल बताउँछन्।

‘बिहेको सिजनमा चाप धेरै हुने गरेको छ। सबै ब्रान्डका कोट पाइन्ट सिलाउँछौँ। सबै नागरिकले लगाउन सक्ने मूल्य मात्र हामीले गर्छाैँ। धनी गरीब सबै बराबर हुन कोट पाइन्ट सबैले लगाउन सक्नुपर्छ। ग्राहकलाई सस्तो मूल्यमा दिन्छौँ तर छुट भने दिँदैनौँ,’ अब्दुलले भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?