अब वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

अब वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने
बञ्चरेडाँडामा लैजाँदै गरिएको फोहोर । फाइल तस्बिर।
+
-

काठमाडौँ – अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।

विगतका वर्षहरूमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेको थियो। सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहोर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु-त्रिशूली-छहरे-बिदुर सडक योजनाले जनाएको छ।

पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए। उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो।’

सडक विभागले एक दशक पहिले बालाजु-रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो। पटक-पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए। इञ्जिनियर भण्डारीले भने, ‘असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो।’

पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ। सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ। गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए।

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए। वर्षाका कारण सडक भासिने र फोहोर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहोरका गाडी फर्कने गरेका थिए। गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो।

बालाजु-त्रिशूली-छहरे सडकमा बालाजु-त्रिशूली दुई ठेक्का र त्रिशूली-छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो। तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ।

बालाजु-त्रिशूली ५५ किमी र त्रिशूली-छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ। यी तीनै कम्पनीसँग विसं २०७०/७१ मा ठेक्का सम्झौता गरिएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?