५१ रन जोड्दा युएईका आधा खेलाडी आउट

५१ रन जोड्दा युएईका आधा खेलाडी आउट
+
-

काठमाडौँ – एसिसी प्रिमियर कपको फाइनल युएईविरुद्ध नेपालले सानदार बलिङ गरिरहेको छ। टस जितेर पहिले बलिङ गरिरहेको नेपालले युएईले ५१ रन जोड्दा ५ विकेट हात पारेको छ।

युएईको टप अर्डर धारासायि बनाउने क्रममा नेपालका लागि करण केसीले २ विकेट लिंदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिइसकेका छन्।

पाँचौ विकेटका रुपमा सन्दीप लामिछानेको बलमा रोहन मुस्ताफालाई २ रनको अवस्थामा कुशल मल्लले क्याचआउट गरेका थिए। उनले १५ बल खेलेपनि टिक्न सकेनन्।

त्यसअघि ३५ रनमा नेपालले चौंथो विकेट हात पारेको थियो। ललित राजवंशीले रमेज सेहजादलाई १ रनको अवस्थामा गुल्सन झा द्वारा क्याच आउट गराउँदै चौंथो विकेट लिएका थिए।

त्यसअघि ८.१ ओभरमा टिमको स्कोर ३५ रन हुँदा ओपनर अर्यान लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भएका थिए। उनलाई करण केसीले आसिफ शेखबाट क्याचआउट गराउँदै आफ्नो दोस्रो विकेट पुरा गरेका थिए।

यसअघि करण केसीले ४.५ ओभमा वृत्या अर्विन्दलाई ८ रनको अवस्थामा पेभिलियन पठाएका थिए।

वृत्या जारी प्रतियोगितामा २ शतकसहित युएईको सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका थिए।

त्यसअघि नेपालका लागि सोमपाल कामीले सुरुवाति सफलता दिलाएका थिए।
उनले ओपनर तथा कप्तान मुहम्मद वासिमलाई ११ रनको अवस्थामा पेभिलियन पठाएका थिए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?