प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित
फाइल तस्बिर।
+
-

काठमाडौँ – बुधबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो हुने तय भएको उक्त बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हो।

संसद् सचिवालयले एक सूचना जारी गरी आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

संसद बैठकमा प्रमुख प्रतिपक्षीको कुर्सीमा कुन दल बस्ने भन्ने विवादका कारण बैठक स्थगित भएको हो। एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कांग्रेस सरकारमा सहभागी भइनसकेको अवस्थामा आज बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्षीको कुर्सीमा कुन दल बस्ने भन्ने हानाथाप हुने भएका कारण बैठक स्थगित भएको हो।

राष्ट्रपतिमा माओवादी केन्द्रले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेसँगै सोमबार एमालेले समर्थनसमेत फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई राजीनामा गराएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा मुलुकको नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। यसैगरी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट पूर्वसभामुख सुवाचन्द्र नेमवाङ उम्मेदवार छन्।

यस्तो छ संसद् सचिवालयले जारी गरेको सूचना:

यो पनि पढ्नुहोस्

प्रमुख प्रतिपक्षीको कुर्सीमा बस्न कांग्रेस-एमालेको हानाथाप

प्रमुख प्रतिपक्षीको कुर्सीमा बस्न कांग्रेस-एमालेको हानाथाप

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?