सांसद् भण्डारीलाई थप उपचारका लागि ‘एयर एम्बुलेन्स’मार्फत् मुम्बई लगिँदै

सांसद् भण्डारीलाई थप उपचारका लागि ‘एयर एम्बुलेन्स’मार्फत् मुम्बई लगिँदै
चन्द्र भण्डारी। फाइल तस्बिर।
+
-

काठमाडौँ – बुधबार राति खाना पकाउने ग्यास (एलपिजी) सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् आज दिउँसो २ बजे भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि मुम्बईमा लैजान लागिएको हो। हिजो राति घाइते भएका नेता भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको हो।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीकी आमा हरिकला भण्डारी पनि घाइते भएका थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ।

नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?