अध्यक्ष राउतकाे प्रश्न: तपाईंहरू अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ?

अध्यक्ष राउतकाे प्रश्न: तपाईंहरू अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ?
सीके राउत। तस्बिरः बर्षा शाह/देश सञ्चार।
+
-

काठमाडाैँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेकाे बताएका हुन्।

उनले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘सभामुखको निर्वाचनको रूपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ। राष्ट्रिय सहमतिको लागि कुरा ल्याए। यो केका लागि? पदको लागि मात्रै हो कि? देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन? पदको लागि मात्रै किन कुरा? दलभन्दा माथिको कुरा गरिन्छ। मधेसी पार्टीलाई धकेलेर अगाडि जान खोज्नुभएको हो? हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरू एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन? त्यो ठूलो कुरा हो।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए।

जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरूले १ मिनेट उठेर मौन धारण गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?