अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग

अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग
+
-

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरोकारवाला निकायको सहभागीतासहित अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न सरकारसंग माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वको टोलीले आज भेट गरेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्राधिकरण गठन गर्न आग्रह गरेको हो ।

व्यवसायीले २० वर्षे पुराना सवारी साधनलाई यान्त्रिक परीक्षण गर्नुपर्ने, सवारीको अवस्था हेरेर मात्रै सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहालले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले साझा कार्यक्रमका रुपमा लिएकाले यातायात व्यवसायीले राखेका माग चाँडो पूरा हुने जानकारी दिए ।

उनले यातायात क्षेत्रको समस्याको समाधानका लागि प्रयासरत रहेको जनाउँदै समस्याको चाँडो निकास हुने बताए । महासङ्घले यसअघि देशको समग्र यातायात क्षेत्रको समस्यालाई लिएर उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललगायतलाई भेट गरिसकेको महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?