कांग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः सांसद भट्टराई

कांग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः सांसद भट्टराई
फाइल तस्बिर।
+
-

काठमाडाैँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रूपमा हुन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि कांग्रेसप्रति लक्षित गर्दै कांग्रेसकै कारण सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुन नसकेको आराेप लगाए।

उनले भने, ‘विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली कांग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ। २०७२ को संविधान बनाउँदा के भनिएको थियो? बनेपछि आज के भयो? त्यो पनि सम्झिनुपर्छ। अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन। हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो। यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन। त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो। प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ।’

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित गर्न आग्रहसमेत गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?