प्रचण्ड भन्छन्- सन्दुक रुइतले गरेकाे अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ

प्रचण्ड भन्छन्- सन्दुक रुइतले गरेकाे अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । फाइल तस्बिर।
+
-

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् सन्दुक रुइतलाई इसा अवार्ड प्राप्त गरेकाेमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

मंगलबार डा. रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका थिए।

प्रचण्डले ट्विटरमा लेखेका छन्,’वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’

बुधबार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनका क्रममा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका थिए। साेही कुरालाई प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक लिने बताएका हुन्।

सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन्। साेही आवाज उठेसँगै डा. रुइतले आफूले गर्ने कामबारे धेरै रहेकाले राष्ट्रपति पद आफ्नाे लागि नभएकाे बताएका थिए।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत ( भिडियो )

राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत ( भिडियो )

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?