विश्वासकाे मतबारे छलफल गर्न कांग्रेस‍ कार्यसम्पादन समितिकाे बैठक सुरु

विश्वासकाे मतबारे छलफल गर्न कांग्रेस‍ कार्यसम्पादन समितिकाे बैठक सुरु
फाइल तस्बिर।
+
-

काठमाडाैँ – नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिकाे बैठक सुरु भएकाे छ। बैठक आज मंगलबार बिहान साढे ११ बजे बस्ने एक नेताले जानकारी दिए।

संघीय सांसद् भवन नयाँ वानेश्वरमा केहीबेर अ‌घि सुरु भएकाे साे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‍’प्रचण्ड’लाई विश्वासको मत दिने वा नदिने विषयमा छलफल हुँदैछ।

आज बिहान बसेकाे कांग्रेस पदाधिकारी बैठककाे अनौपचारिक छलफलमा भने विश्वासको मत दिने निष्कर्ष निस्किएको छ।

यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री दाहाल ले आज प्रतिनिधिसभाकाे बैठकमा विश्वासको मत लिँदैछन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासकाे मत लिन लागेका हुन्।

विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ। हिजाे बसेको पहिलाे संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए।

साथै, हिजाे बेलुका नै उनले प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटी विश्वासकाे मत दिन अनुराेध गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?