काे हुन् नवनियुक्त महान्यायाधीवक्ता पोखरेल?

काे हुन् नवनियुक्त महान्यायाधीवक्ता पोखरेल?
नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल। फाइल तस्बिर।
+
-

काठमाडाैँ – नेपालकाे महान्यायाधीवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरेकी हुन्। पाेखरलेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिसमा गरेका थिए।

प्युठानमा जन्मिएका नवनियुक्त महान्यायाधीवक्ता पोखरेलले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पद तथा गोपनीयताकाे शपथ ग्रहण गरिसकेका छन्।

महान्यायाधिवक्ता पोखरेलको जन्म २०३० चैत २९ गते प्युठानकाे झिमरुक गाउँपालिका- ४ ‍चुँधारामा भएको थियो। उनी २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न छन्। उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका थिए।

महान्यायाधीवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सबाट २००७ मा सामाजिक अध्ययन संस्थानबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका छन्। उनले वातावरणीय कानुनमा स्नातक गरेका छन्।

कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा. पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न छन्। उनले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरिसकेका छन्।

डा. पोखरेलले व्यवस्थापिका-संसद्को पूर्वसभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको रूपमा समेत काम गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श सेवा प्रदान गर्दै आएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनका फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेल जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासका केन्द्रित रही काम गरेका छन्।

प्रचलित कानुनअनुसार महान्यायाधीवक्तालाई सरकारकाे कानुनी सल्लाहकारकाे रूपमा लिइन्छ।

यो पनि पढ्नुहोस्

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिए शपथ

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिए शपथ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?