रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा गर्न माग

रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा गर्न माग
+
-

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना गरेको छ।

विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो।

सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले मानवीय सेवामा तल्लीन रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरे। उनले भने,‘रक्तसञ्चार सेवालाई चुस्त बनाउन सामूहिक सहकार्य र समन्वयको आवश्यक छ। यसमा नेरेसोले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।’ उनले पालिकाहरुको सहकार्यमा नेरेसोले निःशुल्क रक्तसञ्चार अभियान सुरुआत गरिसकेको जानकारीसमेत दिए।

कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारी गमला क्षेत्री र राम श्रेष्ठले आफूहरूले सो दिन ‘फिल्ड’मा खटिँदा भोगेको अनुभव सुनाउँदै आगामी दिनमा पनि मानवीय सेवामा तल्लीन हुने बताए। नेरेसो कर्मचारी सङ्घका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपङ्क्तिमा खटिने कर्मचारी तथा स्वयंसेवकको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याए।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचो औल्याउँदै यसका लागि प्रयास भइरहेको जानकारी दिए। उनले भने, ‘मानवीय सेवा तथा विपद् प्रतिकार्यका लागि नेरेसोले दीर्घकालीन योजना बनाई समुदायमा काम गरिरहेको छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?