‘नरसंहार’ को त्रासदी !

‘नरसंहार’ को त्रासदी !
+
-

हत्या, हिंसा र प्रतिहिंसाको रक्तरञ्जित राजनीतिले ‘सुदृढ लोकतन्त्र’ को खोल ओढेर नेपालमा शासन गरेको १६ वर्ष र संविधानले अनुमोदन गरेको पाँच वर्ष पूरा भएको छ।

हिंसालाई राजनीतिक र सत्ता परिवर्तनको स्वीकार्य माध्यमका रुपमा नेपालमा स्थापित गर्न लागिपरेकाे दक्षिणी छिमेकी राष्ट्रको त्यो बेलाका संस्थापनाका कर्तुत अहिले पनि नेपाली राजनीति, आकाश र भूमिमा गुञ्जिरहेको छ, कुनै न कुनै रुपमा।

बुधबार भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले आफ्ना विरोधीहरुलाई ‘गौर नरसंहार’ घटाउने धम्की दिएको ४८ घण्टा बितिसक्दा पनि उनी मन्त्रिपरिषद्‌मा छिन्। राजनीतिक प्रतिद्वन्द्वी र आलोचकहरुको भौतिक सफाया स्वीकार्य छ अहिलेको राजनीतिक पद्धतिमा भन्ने सन्देश यो सरकार र खास गरी प्रधानमन्त्रीले आफ्नो निरीहताबाट प्रदर्शन गरिरहेका छन्।

रेणु यादवले गौरमा नै दिएको त्यो नरसंहार दोहोर्‍याउने धम्कीलाई मधेश प्रदेश र केन्द्रीय सरकारले बेवास्ता गरे पनि आम जनताले हत्या र आपराधिक मानसिकताको राजनीतिज्ञहरुलाई न्यायको कठघरामा उभ्याउन ढिलो गर्न नहुने बेला आइसकेको छ।

के हो २०६३ चैत ७ गते उपेन्द्र यादव अनि रेणु यादवहरुको मधेशी जनाधिकार फोरमद्वारा घटाइएको ‘गौर नरसंहार’ को सन्देश? रेणु यादवले गौरमा नै दिएको त्यो नरसंहार दोहोर्‍याउने धम्कीलाई मधेश प्रदेश र केन्द्रीय सरकारले बेवास्ता गरे पनि आम जनताले हत्या र आपराधिक मानसिकताको राजनीतिज्ञहरुलाई न्यायको कठघरामा उभ्याउन ढिलो गर्न नहुने बेला आइसकेको छ।

श्याम सरण डक्ट्रिनका दुईओटा पक्ष थिए। पहिलो आफ्नै भारत सरकारले आतंकवादी भनेको माओवादी शक्तिसँग सहकार्य गरी राजसंस्था उन्मूलन गरी नेपालमा अस्थीरता स्थापित गर्ने र दोस्रो माओवादी राजनीतिक मूलधारमा प्रवेश गरेपछि तराईबाट उनीहरुलाई खेदी औद्योगिक र कृषि उत्पादनको प्रचूर सम्भावना बोकेको त्यो क्षेत्रलाई नेपाल भारतबीच ‘बफर’का रुपमा निर्माण गर्ने। गौर नरसंहार त्यसको सांकेतिक मञ्चन थियो।

गौर घटनामा आफ्ना २८ कार्यकर्ता गुम्दा पनि निष्पक्ष छानबिन गर्न र माग्न नसक्ने माओवादीले १२ – बुँदे प्रति कृतज्ञ हुनैपर्ने बाध्यता थियो।

अहिले रेणु यादवको आतंकप्रति मौन रहनुपर्ने प्रचण्ड र रेणु यादवकै पार्टीमा नेतृत्व गरिरहेका पूर्वमाओवादी बाबुराम भट्टराईको बाध्यतालाई पनि त्यही पृष्ठभूमिका रुपमा बुझ्नु आवश्यक छ।

वास्तवमा नेपालको राजनीतिज्ञहरु र नागरिक समाजको ठूलो जमात बाह्य शक्तिका राजनीतिक र बौद्धिक ‘मर्सिनरीहरु’ भएको प्रमाण हो यो।

तर, रेणु यादवको यो अभिव्यक्ति अब त्यो षड्यन्त्रको आयु पूरा भएको पूर्वाभाषको छटपटीको संकेत हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?