पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
+
-

श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहलाई विगत १६ वर्षमा एकपल्ट चर्चामा ल्याइने गरिएको छ नेपालमा, तर अत्यन्त असान्दर्भिक ‘सन्दर्भ’मा। नेपाल राष्ट्र निर्माण र एकीकरणमा उनको नायकत्व थियो या थिएन, र थियो भने उनलाई त्यो रुपमा अनि औपचारिक हैसियतमा उनलाई एउटा राज्यले सम्मानपूर्वक सम्झनु पर्छ कि पर्दैन? यो प्रश्नमा मुलुक अनिर्णायक र अनिर्णित रहिआएको छ।

नेपाल एकीकरणसँग‌ै राष्ट्रनिर्माण, मुलुकलाई स्पष्ट रुपमा फूलबारीको अवधारणामा अगाडि बढाउने कार्यको नेतृत्व, नेपालको रक्षा र प्रतिरक्षासँगै स्वतन्त्र हैसियतको नीतिगत वकालत, बाह्य आक्रमणकारीहरुलाई परास्त गरी आफ्नो संस्कृति, धर्म, सार्वभौम भूगोल र स्वतन्त्र राज्यको अस्तित्वको संरक्षणजस्ता कार्यका लागि सम्बन्धित व्यक्तिको भूमिकालाई केवल ‘दासत्व’का पक्षधर र नेपाल तथा नेपाली भावप्रति गर्व नगर्नेहरु मात्र विरोधमा लाग्न सक्छन्।

बाह्य मध्यस्थतामा गरिएको १२ बुँदे सहमति र मध्यस्थकर्ता शक्तिप्रति दासत्व भावसहित ल्याइएको १२ बुँदे लोकतन्त्रका संदिग्ध पात्रहरुले सत्ताको नेतृत्व गरेको बेला पृथ्वीनारायण शाहको  ऐतिहासिक विरासत र राज्यले दिँदै आएको आधिकारिक हैसियत मन्त्रिपरिषदको निर्णयद्वारा खोसिएको थियो। बाह्य दासत्व र समर्पणमा राजनीति गर्न थालेका गरिजाप्रसाद कोइराला तथा कृष्णप्रसाद सिटौलाबाट फरकखालको व्यवहार अपेक्षा गर्न सकिने थिएन त्यसबेला। राष्ट्रिय महत्वका निर्णयहरु उनीहरुले कहाँ कसको खटन र आदेशमा लिने गर्थे त्यसबेला, अब त्यो जगजाहेर भएको छ।

एउटा वैधानिक सरकार प्रमुखका हिसाबले शेरबहादुर देउवाले पुस २७ लाई राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र मुलुक साझा फूलबारी भएको अवधारणाका साथ राष्ट्रिय एकता दिवस घोषित गरे भने १२ बुँदे दासत्वबाट मुक्ति प्रयासको एउटा उदाहरण बन्ने छ त्यो।

पृथ्वीनारायण शाहको जन्मदिनलाई ‘राष्ट्रिय एकता’ दिवसको हैसियत पुनः प्रदान गरिनुपर्छ भन्ने मान्यता अनौपचारिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीसमेत रहिसकेका केपी शर्मा ओलीसमेतले अभिव्यक्त गरेका छन्। हरेक वर्ष पुस २७ पूर्व यो बहस र मागले चर्चा पाउँछ, तर प्रधानमन्त्री या सरकार प्रमुख ‘म अरु पार्टीका नेताहरुसँग सोधेर निर्णय गर्छु’ भनि मिति गुजार्ने गर्छन्।

‘घूस लिन्या र दिन्या दुबै देशका बैरी हुन्’ भन्ने पृथ्वीनारायण शाहको मुलुकमा १२२ वर्षसम्म राजसिंहासन रहेको नारायणहिटी राजदरबार केही कमाउ नेताहरुको लेनदेनको थलो बनेको बेला सायद भ्रष्ट राजनीतिका शिरोमणिहरुले राष्ट्रनिर्मातालाई सम्मान गर्लान् भन्ने अपेक्षा गर्नु सही नहोला। तर एउटा वैधानिक सरकार प्रमुखका हिसाबले शेरबहादुर देउवाले पुस २७ लाई राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र मुलुक साझा फूलबारी भएको अवधारणाका साथ राष्ट्रिय एकता दिवस घोषित गरे भने १२ बुँदे दासत्वबाट मुक्ति प्रयासको एउटा उदाहरण बन्ने छ त्यो।

यो अभियानले आज नभए भोलि पक्कै सफलता हासिल गर्नेछ। त्यो बेला इतिहासको ‘खलनायक’हरु एउटा फरक कित्तामा उभिनेछन्, उम्याइनेछन्, नेपालीहरुद्वारा। किनकि स्वतन्त्र नेपालबाट नेपाली पहिचान पाएकोमा गर्व गर्नेहरुका लागि पृथ्वीनारायण शाह प्रिय र श्रेद्धय छन्, रहिरहनेछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?