एउटै सहकारीले ७६ जनालाई किन पठाउँदै थियो दुबई भ्रमणमा?

एउटै सहकारीले ७६ जनालाई किन पठाउँदै थियो दुबई भ्रमणमा?
फाइल तस्बिर।
+
-

काठमाडौं- अध्यागमन कार्यालयले आइतबार साँझ दुबई जान लागेका ७६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काईदियो।

शुभेच्छा बहु उद्देश्यीय को-अपरेटिभ सोसाइटी लिमिटेडको नामबाट उनीहरु नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका थिए। १४ /१५ जना सहकारीकै कागज देखाएर ‘पास’ भएपछि बाँकी उही पत्र देखाउनेको लामो लाइन देखिएपछि अध्यागमनले उनीहरुलाई रोकेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीले शंकास्पद देखिएपछि उनीहरुलाई रोकिएको बताए।

‘एउटा सहकारीले ७६ जनालाई दुबई भ्रमणमा पठाउन लागेकोमा शंकास्पद देखियो। ठूलो रकम खर्च हुने हुँदा सहकारीले यसो किन गर्‍यो भनेर प्रश्न उठ्नु स्वभाविक पनि थियो। कुनै निकायबाट अनुमति लिइएको पनि देखिएन’, शाहीले भने।

यसरी दुबई जान लागेकामध्ये ७० प्रतिशतभन्दा बढी महिला भएको पाइएपछि अध्यागमनको शंका थप बढेको थियो। मानव तस्करी हुन सक्ने अध्यागमनको आशंका थियो।

न्युरोडस्थित ब्ल्याक आई जर्नी लिमिटेडबाट टिकट काटेर उनीहरु दुबई जान लागेका थिए। ट्राभल एजेन्सीले सहकारीका नाममा टिकट काटिदिनु भनेकाले आफूले टिकट काटेको जवाफ दिएको शाहीले बताए।

‘हामीले बाँकीलाई रोकेपछि अध्यागमन जाँचपास भएका पनि फर्किएर आएको पाइएको छ’, शाहीले भने। उनीहरु चार दिनका लागि दुबई भ्रमणका जान लागेको कागजातमा उल्लेख थियो। तर भिसा भने एक महिनाभन्दा बढीको रहेको पाइएको छ। अध्यागमनले रोकेपछि प्रहरी लगाएर उनीहरुका पासपोर्ट नियन्त्रणमा लिने प्रयास गरेपनि त्यहाँबाट हतारहतार निस्किएको शाहीले बताए।

नेपाल एयरलाइन्सले भने अध्यागमनले ठूलो संख्यामा यात्रु रोक्दा आफुलाई करिब ४० लाख रुपैयाँ बराबर घाटा भएको जनाएको छ।

शुभेच्छा सहकारीका विषयमा सहकारी विभागसँग बुझ्ने काम भइरहेको अध्यागमन कार्यालयले जनाएको छ। दुबई जान लागेका टोलीमा शुभेच्छा सहकारीका अध्यक्ष मणि भारती, उपाध्यक्ष गृहबहादुर श्रेष्ठ, सचिव जोतिन्द्र सापकोटासहितका थिए।

के भन्छन् शुभेच्छा सहकारीका अध्यक्ष 

शुभेच्छा सहकारीका अध्यक्ष भारतीले आफुहरु दुबई एक्स्पोमा जान लागेको बताएका छन्।

‘सहकारीका सेयर होल्डर साथीहरुले दुबईमा एक्स्पो हुँदै छ, त्यो हेरेर आउँ न त भन्नुभयो। हामी आ-आफ्नो व्यक्तिगत खर्चमा जाँदै थियौँ। दुबई जाने भएपछि साथीहरुका परिवार र आफन्त पनि जान खोज्नु भयो। सहकारीको नामबाट जान सजिलो हुने भएपछि सञ्चालक समितिले निर्णय गरेर पत्र दिएको हो’, भारतीले भने।

उनका अनुसार दुबई जान लागेकामा २०/२२ जना सहकारीका सेयर होल्डर थिए भने बाँकी उनिहरुका परिवार र आफन्त थिए। उनले प्रति व्यक्ति एक लाख ७ हजार खर्चमा ट्राभलले भ्रमणको व्यवस्थापन गरेको पनि बताए।

अध्यागमनले २६/२७ जनालाई पास गरेपछि बाँकी महिलाहरु धेरै देखेपछि रोकेको बताए। ‘हामी त पास भइसकेका थियौँ। तर महिलाहरुसहित ४६ जनालाई रोकियो। परिवारलाई नै रोकेपछि हामी जाने कुरा भएन र फर्कियौँ’, उनले भने। उनले आफूहरु सोमबार राति ८ बजे‍देखि लाइनमा बसेको र साढे १ बजेसम्म अध्यागमनले रोकेको बताए।

अध्यक्ष भारतीले आफू ‘जमानत’ बस्न तयार रहेको बताएपनि अध्यागमनले फर्काएको भन्दै गुनासो गरे। २०६४ सालमा ललितपुरको जावलाखेलमा स्थापना भएको यस सहकारीको आफ्नो वेबसाइट छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?