‘राजनेता’ र राजनीतिमा हारजित

‘राजनेता’ र राजनीतिमा हारजित
+
-

एउटा राजनेता (स्टेट्सम्यान) ले तत्कालको व्यक्तिगत या साँघुरो दलीय स्वार्थ भन्दा धेरै माथि उठेर आफ्ना मान्यता प्रस्तुत गर्छन्, र त्यसलाई व्यवहारमा उतार्न अरुलाई प्रेरणा दिने गर्छन्। मुलुक संकटग्रस्त हुँदा या प्रतिकूल अवस्थामा हुँदा ऊप्रति मुलुकको निगाह टिकेको हुन्छ।

राजनेता इतिहासमा विरलै जन्मन्छन्, तर जन्मन्छन्। अर्को, त्यो भन्दा निम्नकोटीका राजनीतिज्ञ या नेताजस्तो सफलतामा नमात्तिने, असफलतामा नआत्तिने, अर्को शब्दमा विजयमा र पराजयमा समान रुपमा स्थिर हुने, विचलित र असन्तुलित र अविचलित नहुने नेताका लागि एउटा पराजय भावी विजयको खुड्किलो बन्न सक्छ।

अहिले नेपालमा राजनीतिक दलहरुको बाध्यात्मक महाअधिवेशनको अभ्यास भइरहेको छ। २०६३ को राजनीतिक परिवर्तनमा नांगो बाह्य हस्तक्षेपको विरोधसँगै नेपालमा संवैधानिक राजसंस्था, विकेन्द्रिकृत प्रशासनिक व्यवस्था र सनातनी हिन्दु राज्यलाई नेपालको मौलिकतासँग जोडेर आफ्नो अस्तित्व र राजनीतिको संघर्षमा लागेको राप्रपामा अहिले स्वागतयोग्य पुस्तान्तरण भएको छ नेतृत्वमा, निर्वाचन मार्फत।

सत्ताको क्षणिक प्राप्तिमा सिद्धान्त र नीतिलाई नत्याग्न थापालाई कसकसले सुझाएको थियो, त्यो उनले स्मरण गर्नैपर्छ अब। एउटा आसलाग्दो नेतृत्वको राजनीतिक अवशान सावित हुन सक्छ यदि थापाले अझै पनि सन्तुलित रुपमा आत्मसमीक्षा गरेनन् भने।

विगत १६ वर्ष देखि लगातार नेतृत्वमा रहेका कमल थापालाई युवापुस्ताका राजेन्द्र लिङ्देनले पराजित गरी जनअनुमोदित सभापति बनेका छन् राप्रपाका, र उनले पार्टीले उठाएका मुद्दालाई राष्ट्रिय स्तरमा अगाडि बढाउने अठोट व्यक्त गरेका छन्।

कमल थापाले दोस्रो संविधानसभाको निर्वाचनमा राजसंस्था र हिन्दु राष्ट्रका नाममा पाएको मत र हैसियतलाई उपप्रधानमन्त्रीको हैसियतसँग सौदाबाजी गरी पार्टी पंक्ति र मतदाताप्रति गद्दारी गरेको, आफ्नो र दलको मान्यता विपरीतको आस्था बोकेको सरकारमा सामिल भएको, पार्टीमा परिवारवादलाई स्थान दिएको जस्ता आरोपप्रति थापा जवाफदेही बन्न चाहेनन्।

त्यत्ति मात्र हैन, २५ बाट एक स्थानमा संसदमा खसे पनि उनी नेता बनिरहे, आत्मसमीक्षा र न्यूनतम नैतिकता प्रदर्शन गरेनन्। आइतबारको पराजय लगत्तै आत्मसमीक्षा गर्नुको साटो ‘निर्मल निवास’ विरुद्ध खनिएर उनले आफूमा नेतृत्वको चरित्र नभएको मात्र हैन, पार्टी निर्वाचनमा उनको पराजयको वस्तुनिष्ठतालाई पुष्टि गरे।

एउटा प्रजातान्त्रिक नेताले निर्वाचनको पराजयलाई स्विकार्दै आफ्नो दलले छानेको नयाँ नेतालाई सहयोग गर्छ। प्रजातन्त्रलाई आवरण मान्नेले असहयोगका अनेक बहाना खोज्छ र पराजयको दोष समग्र रुपमा अरुको थाप्लोमा राख्ने कोशिश गर्छ।

सत्ताको क्षणिक प्राप्तिमा सिद्धान्त र नीतिलाई नत्याग्न थापालाई कसकसले सुझाएको थियो, त्यो उनले स्मरण गर्नैपर्छ अब। एउटा आसलाग्दो नेतृत्वको राजनीतिक अवशान सावित हुन सक्छ यदि थापाले अझै पनि सन्तुलित रुपमा आत्मसमीक्षा गरेनन् भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?