जुवातास : नेपालमा बाह्रैमास

जुवातास : नेपालमा बाह्रैमास
+
-

काठमाडौँ  – घटस्थापना सुरु हुनुभन्दा अघिदेखि नै दैनिक ठूलो संख्यामा जुवाडेहरु पक्राउ परिरहेका छन्।

नेपालमा अरु बेला पनि जुवाडे नियमित जसो पक्राउ नपर्ने होइनन्। तर दसैँतिहारका बेला जुवाडेहरु बढी पक्राउ पर्छन्। रमाइलोका नाममा यसलाई आर्थिक आर्जनको मेसो बनाउन थालिएपछि नेपालमा जुवातासलाई प्रतिबन्ध लगाइएको थियो। नेपालमा रहेका क्यासिनोहरुमा समेत नेपालीलाई प्रवेशमा रोक लगाइएको छ।

तर चाडपर्वमात्र होइन अरु बेला पनि व्यावसाय झैँ बनाएर जुवा खेल्ने समूह नेपालमा ठूलो छ।  गत साता काठमाडौँको बाफलस्थित एक घरमा  जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेको प्रहरीले जनाएको थियो।

प्रहरीका अनुसार ७ बुक तास, कौडा ३३ थान र विभिन्न व्यक्ति र निर्माण कम्पनीका नामबाट काटिएका चेकहरु पनि बरामद भएका थिए। उनीहरुको साथबाट २ लाख ८६ हजार ६५ रुपैयाँ नगद पनि बरामद भएको थियो।

असोज १८ गते कास्कीको पोखरा-१९  गैरिखोरस्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो। सोही दिन पोखरा-१९ लामाचौरबाट पनि जुवा खेलिरहेको अवस्थामा एकै ठाउँबाट ९ जना पक्राउ परेका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा जुवा ताससम्बन्धी ४ सय ९५ वटा मुद्धा दर्ता भएका थिए भने त्यसमा एक सय ९ जना महिलासहित तीन हजार चार सय ५६ जना मानिसहरु पक्राउ परेका थिए। तीमध्ये एक महिलासहित १६ जना विदेशी पनि थिए। चालू आर्थिक वर्षमा जुवा ताससम्बन्धी एक सय ८ वटा मुद्धा दर्ता भइसकेका छन् भने ४५ महिलासहित ७ सय ४५ जना पक्राउ परेका छन्।

नेपालमा जुवातास खेलेमा वा खेलाएमा पहिलो पटकको हकमा तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना तथा दोस्रोपटकको हकमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यसपछि पनि पक्राउ परे हरेकपटक थप तीन महिना र थप १० हजार रुपैयाँ  जरिवाना हुने मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख छ।

प्रहरीकै संरक्षणमा जुवातास खेल्ने र खेलाउने गरेको भन्दै बेलाबखत प्रहरी विवादमा आउने गरेको छ। कहिलेकाहीँ हाइप्रोफाइल व्यक्तिहरुसमेत जुवा खालबाट समातिने गरेका छन्। २०७६ कात्तिकमा काठमाडौँको कमलादीस्थित एक होटलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा २ करोड ६७ लाख रुपैयाँ नगदसहित २५ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बले भनिने बलराम सापकोटा, होटल व्यवसायी पवित्रकुमार कार्कीलगायत थिए।

जुवातासका घटनामा मिटर ब्याजीको कनेक्सन पनि देखिने गरेको छ। ठूला रकमका चेक बाउन्सको मुद्धामा अनुसन्धान गर्दा बेलाबखत त्यस्ता चेकहरु जुवा खेल्नेहरुले दिएको पाइने गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?