सम्पादकीय

बुद्ध एयर तत्काल ‘ग्राउन्डिङ’ गर

बुद्ध एयर तत्काल ‘ग्राउन्डिङ’ गर
+
-

वर्षा र मौसमका कारण यो याममा हवाई उडानहरु अवरुद्ध हुनु मुलुकका लागि नयाँ कुरा हैन। तर, हवाईजहाजमा यान्त्रिक गडबडी यात्राका बीचमा मात्र पहिचानमा आउनु र यात्रुहरुको सुरक्षा धरापमा पर्नु सुरक्षित यात्राको सिद्धान्त विपरित हो।

त्यति मात्र हैन, त्यो सम्बन्धित वायुसेवा सञ्चालकबाट अपेक्षित न्यूनतम दायित्व विपरित पनि हो।

यो साता ‘बुद्ध एयर’ का केही उडानहरु यात्रुहरुमा मनोवैज्ञानिक भय उत्पन्न हुने गरी सञ्चालनमा आएका खबरहरु सार्वजनिक जानकारीमा आएका छन्।

सोमबार काठमाडौँ–विराटनगर उडेको विमान गन्तव्यमा सुरक्षित अवतरण हुन नसक्दा दक्ष पाइलटले त्यसलाई काठमाडौँ फर्काएको र सबै यात्रुको सुरक्षित अवतरण सुनिश्चित गर्न सफल भए। तर, मानवीय दक्षता र नियन्त्रण बाहिर दुर्घटना हुने सम्भावना पर्याप्त रहेको यसले देखाउँछ।

यसअघि पोखरा तथा अन्य क्षेत्रका उडान पनि प्राविधिक या यान्त्रिक कारणले प्रभावित भएका छन्। सोमबारको घटनापछि बुद्ध एयरले स्पष्टिकरणका रुपमा वक्तव्य जारी गरे पनि त्यो पर्याप्त छैन।

हवाई विभाग (सिभिल एभियसन) ले यसबारे आधिकारिक रुपमा केही बोलेको छैन, जुन एउटा अस्वाभाविक आचरण हो।

कोभिड १९ का कारण नेपाल भ्रमण वर्षको आयोजना बीचमै टुंगिए पनि महामारीमा न्यूनता आएसँगै पर्यटन व्यवसायले गति लिने अपेक्षा गरिएको छ, जसले स्वाभाविक रुपमा मुलुकको गिर्दो अर्थ व्यवस्थालाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

त्यसका लागि सुरक्षित र सम्मानजनक रुपमा यात्रुहरुको आगमन सुनिश्चित गर्नु जरुरी छ।

तर, अहिले आन्तरिक पर्यटन र हवाई यातायातको सीमित सञ्चालनकै क्रममा मुलुकको सबभन्दा ठूलो निजी वायुसेवा असुरक्षित देखिने र त्यो अवस्थामा पनि विमानको निरीक्षण तथा यान्त्रिक त्रुटिलाई सम्बोधन गर्न सम्बन्धित व्यापारिक केन्द्रले भरपर्दो कदम उठाइएको नदेखिनु दुर्भाग्यपूर्ण हो।

यो अवस्थामा दीर्घकालीन रुपमा यात्रुहरुलाई भावी यात्राका लागि मनोवैज्ञानिक रुपमा विश्वसनीय र सुरक्षित महशुस गराउन सबै विमानहरु ‘ग्राउन्डिङ’ गरी पर्याप्त जाँचबुझपछि ती सुरक्षित रहेको प्रमाणपत्र सम्बन्धित निकायबाट हासिल गरेपछि मात्र सेवा सुचारु गर्न बुद्धिमानी मात्र हैन नैतिक र व्यावसायिक दायित्व निर्वाहको प्रमाण मानिने छ।

यदि बुद्ध एयरले उसका विमान उत्पादनकर्ता कम्पनीको बाध्यकारी ‘म्यान्डेटरी’द्वारा निर्धारित नियमित ‘चेक’ हरु गरेको छ भने अहिलेको परिस्थितिमा त्यसलाई सार्वजनिक गर्नु श्रेयस्कर हुनेछ, किनकि यो सार्वजनिक र यात्रु सुरक्षासँग सम्बन्धित विषय हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?