हामी नेपालमा बनाउँछौँ

हामी नेपालमा बनाउँछौँ
+
-

ज्ञानभन्दा उत्तम कर्म हुन्छ। कर्म मानिसको प्रयासमा निर्भर हुन्छ भने कर्मफल मानिसको बसमा हुँदैन। यो त उसले आफ्नो  कर्म अनुसार प्राप्त गर्ने हो। अहिलेको अवस्था हाम्रो भाग्य होला परन्तु त्यस अवस्थाप्रति हाम्रो प्रतिक्रिया र दृष्टिकोण चाहिं नितान्त हाम्रो छनोट हो।

अब प्रश्न हो, के छनोट गर्ने ? हामी नेपाली छनोट गर्न अलिक अपरिपक्व नै छौँ। राजनीतिमा अवसरवाद चुन्छौँ, पेशामा उपभोक्तावाद अनि जिन्दगीमा निष्क्रियतावाद। खासमा हुनुपर्ने चाहिँ राजनीतिमा सेवाभाव , पेशामा उत्पादन भाव अनि जिन्दगीमा सक्रियताको भाव हो।

१९७० ताका नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिको ६६.९ प्रतिशत योगदान थियो । २०१८ मा  त्यो घटेर मात्र २५ प्रतिशतको हाराहारीमा खुम्चियो । पछिल्लो कोरोना महाब्यधिको समयमा त् झन्  देशको कृषि आयात बढेर २१ प्रतिशत पुगेको छ। यो देशको जनसंख्या घरमा थुनिएर बसेको बेला हो । यो सहर छाड्दै ज्यान जोगाउन गाउँ झरेको बेला हो । यो दैनिक काम गर्ने व्यक्तिले नसोचेको लामो बिदा पाएको समय हो।

यो केटाकेटी हरुको विद्यालय, वयस्कहरुको उच्च बिद्यालय र युवाहरुको विश्वविद्यालय बन्द रहेको अवधि हो। यो चाहिने भन्दा धेरै फुर्सदिलो समय हो।  किन यो अवधिमा पनि हामीले आफूलाई मात्र चाहिने अथवा हप्तामा एकदिन मात्र पुग्ने पनि बस्तु उत्पादन गर्न नसकेको होला ? गाउँगाउँमा गएर रमाउन पाएका आफ्ना कलिला छोराछोरीलाइ माटो चिनाउन नसकेको होला ? माटोसँगको हाम्रो नाता टुटेकै हो ? यो नाता टुट्यो भने भयानक हुन्छ।  हाम्रो यो सानो पहलले मात्र २-४ प्रतिशत आयात घटाउन सक्दा पनि देशको अर्बौँ जोगिन्थ्यो वा हाम्रो पैसा बाहिर जान जोगिन्थ्यो। पैसा खर्चेर हैन बरु परिश्रम खर्चेर खान पाइन्थ्यो। किन यो परिस्थितिको पैदा भइरहेको छ ?

किनकी हामीले उत्पादनमा निष्क्रियतावाद अङ्गाल्न थालेका छौँ। हामी दिनदिनै चरम उपभोक्तावादी हुँदैछौँ , जुन हामीले महसुस गरेका छैनौँ, गरे पनि सायद मतलब गरेका छैनौँ। राजनीतिमा ओली प्रवृति हाबी भयो, ओली प्रवृति निर्मुल पार्नु पर्छ भनेर चिच्याउने हामी युवाले आफ्नो व्यक्तिगत उत्पादन चरित्रमा ओली प्रवृतिलाई प्रश्रय दिएको पत्तो पाएका छैनौँ। जीवनको ध्ये्य नै उत्पादन हो तर हामी उत्पादनशीलबाट विप्रेषणशील हुँदै छौ। कृषि कर्म गर्ने जमिन अहिले व्यापारिक सम्पत्तिको रूपमा प्रयोग गरिंदैछ। शहरी क्षेत्रमा त ठिकै छ किन्तु ग्रामीण भेग पनि यस विषाणुको शिकार भइरहेको छ।

फलस्वरूप जमिनको भाउ आकासिने भइहाल्यो, नतिजा जग्गा किन्यो, बाँझो राख्यो, भाउ बढेपछि बिक्री गर्‍यो। अनि त्यही पैसाले चरम उपभोग गर्‍यो। अब यो चाहिं कसको अदूरदर्शिता हो या चलाखी ? डाँडा-पहाड, गाउँ बेसी सबैतिर बाटो लगेर जग्गाको मूल्य बढाउने अनि जग्गा कारोबार मौलाउने। मेरो भनाइको तात्पर्य, हामी बाटोघाटो बिना अझै ढुंगे युगमा बाच्नु पर्छ भन्ने हैन। विकास हुनुपर्छ, बाटा बन्नु पर्छ, स्तरोन्नति हुनुपर्छ  तर नियत जग्गाको भाउ बढाउने मात्र नभएर उत्पादन बढाउने र उत्पादित बस्तुको ओसारपोसारमा सहजीकरण हुने खालको हुनु पर्दछ। अर्कापट्टि खर्बौँको विप्रेषण छँदै छ।

अर्थविदहरुले भने अनुसार कृषि कर्ममा कम प्रतिफल हुनाले मान्छेको आकर्षण कम छ जसले उत्पादन घट्नुमा प्रत्यक्ष असर पार्दछ। हो, यो प्रमुख कारक तत्व हो। यसका लागि विभिन्न कृषि आधुनिकरण, औजारीकरण, बजारीकरण आदिको खाँचो छ। यसका अतिरिक्त देशका जनतामा सक्रियतावादी चिन्तन विकास हुनु आवश्यक छ। राजनीतिमा मात्र सक्रिय हैन, कृषिमा पनि र उत्पादनमा पनि हुनु पर्दछ।

अहिले युवाहरुको  बिस्तारै उत्पादनतिर आकर्षण बढिरहेको छ। कृषि उत्पादन पनि र अन्य बस्तु उत्पादन पनि। विभिन्न क्षेत्रमा स्थानीय कच्चा पदार्थ प्रयोग गर्दै मौलिक बस्तु उत्पादनमा क्रमिक वृद्धि हुँदै छ। आफ्नै निजी पहलमा निर्मित बस्तुको बजारीकरण र निर्यात गर्दै छन् वा गर्न प्रयासरत छन्। उत्पादित बस्तु  बिक्री हुने सुनिश्चितता मात्र गरे यसप्रतिको आकर्षणमा भरपूर वृद्धि हुनेछ।

यस अतिरिक्त, जमिन बाँझो राख्ने प्रवृतिमा परिवर्तन अपरिहार्य छ। जमिनको विशेषता उत्पादन गर्नु हो। खाद्य बालीमा कम प्रतिफल छ भने नगदे बालीमा लागिपरौँ, कम प्रतिफल हुने छ भने बढी प्रतिफल दिने बाली लगाउँ।  जस्तै महँगा फूलहरु , जडिबुटी, मसला, काठहरू इत्यादि। अनुसन्धान गरे एउतै बिरुवा बाट लाखौ- करोडौँ आम्दानी पनि हुन सक्छ। केही पनि नसके कमसेकम रुख मात्र रोपौं, बाँझो नराखौँ।

कृषि त आधारभूत भयो तर योसँगै उत्पादनमा पनि जोड दिनु पर्दछ। हाम्रो पुस्ता उत्पादनभन्दा सेवा क्षेत्रमा बढी लगाव राख्ने भएको छ जबकि हाम्रो देशको अहिलेको आधारभूत चरित्र उत्पादनमुखी हो। सेवा पनि चाहिन्छ तर बस्तु वा उत्पादन बिना सेवा पूर्ण नहुन सक्छ। एउटा सकारात्मक द्रष्टव्यमा, अहिले युवाहरुको  बिस्तारै उत्पादनतिर आकर्षण बढिरहेको छ। कृषि उत्पादन पनि र अन्य बस्तु उत्पादन पनि। विभिन्न क्षेत्रमा स्थानीय कच्चा पदार्थ प्रयोग गर्दै मौलिक बस्तु उत्पादनमा क्रमिक वृद्धि हुँदै छ। आफ्नै निजी पहलमा निर्मित बस्तुको बजारीकरण र निर्यात गर्दै छन् वा गर्न प्रयासरत छन्। उत्पादित बस्तु  बिक्री हुने सुनिश्चितता मात्र गरे यसप्रतिको आकर्षणमा भरपूर वृद्धि हुनेछ।

यो अहिले शिशु अवस्थामा छ। यसलाई सावधानीपूर्वक पालनपोषण गर्न सकेको खण्डमा, यो देशको आम्दानी र अर्थतन्त्रको मेरुदण्ड सावित हुनेछ। केही निजी पहल त भएका छन् तर सरकारी स्तरको पहलकदमी लगभग शून्य छ। कस्तो भने, यताउता टालाटुली बटुलेर , कच्चा पदार्थ जुटाएर उत्पादन हुन्छ तर सामानको बजारीकरण गर्ने उचित मञ्च छैन। अहिलेको प्रविधिको युगमा पहिले जस्तो भौतिक बजार  विकास गर्ने मात्र नभएर अनलाइन मन्च निर्माण गरेर बजारीकरणमा सहजीकरण गर्दिए मात्र युवाहरुलाई ढाडस हुनेछ।

यसको एउटा प्रखर उदाहरण हो, चीनको अलिबाबा डट कम। यो त चिनियाँ खरबपति ज्याक माको दूरदृष्टि र पहल होला। अलिबाबा डट कमले चिनमा उत्पादनकर्तालाइ उत्पादित बस्तु  बिक्रीमा सहजता र निर्यातकर्ता वा क्रेतालाइ बस्तुको खोज, छनोट र प्राप्तिमा सहजता प्रदान गरेको छ। यो निजी तवरले हो। नेपालमा यहीं स्तरको वा समान प्रकृतिको अनलाइन ब्यापार मञ्च बनाएर छरिएर रहेका, असंगठित उधमी वा व्यवसायीलाइ एकत्रित गरेर उत्पादनमुलक कर्ममा प्रेरित एवं क्रियाशील बनाउदा केही हानी नहोला।

तर यहाँ त असंगठित मजदुरहरुलाई संगठित बनाउने नाममा सबै मजदुर एक हौँ भन्दै रातो टालो बाध्ने र कालो टालो देखाउने काम मात्र भएरहेको छ। बस्तु हैन कार्यकर्ता उत्पादन हुन्छन्, विचार हैन गुट उत्पादन हुन्छन्, उद्योग हैन पार्टी उत्पादन हुन्छन्। बिडम्बना यहाँ उद्यमी वा व्यवसायीलाई  उत्पादनमूलक कर्ममा प्रेरित एवं क्रियाशील बनाउने भन्दा पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने कामले महत्व पाउँछ। बृहत बहस हुन्छन्, उचित बिधि प्रक्रिया बन्छन् र समस्या समाधान गर्ने सहमति हुन्छन्। के कुरामा भन्दा, क्रियाशील सदस्यताको विवाद टुंग्याउन।

अबको सडकको नारा जनताका लागि र दाताका लागि पनि “हामी यहाँ छौँ ” ( We are here ) हैन “हामी नेपालमा बनाउँछौँ ” ( We make in Nepal ) हुनुपर्छ। प्रत्येक समाजको नारा “हामी नेपालमा बनाउँछौँ ” हुनुपर्दछ। प्रत्यक घरको नारा “हामी घरमा बनाउँछौँ” हुनुपर्दछ र प्रत्यक व्यक्तिको नारा “म आफ्ना लागि आफै बनाउँछु” भन्ने हुनु पर्दछ। हरेक समाज, हरेक घर र हरेक व्यक्ति केही न केही उत्पादनसँग जोडिनुपर्दछ। एउटा घरलाई पुग्ने उसले आफैँ उत्पादन गर्छ, नसके आफ्नो समाजबाट प्राप्त गर्छ यदि समाजमा पनि नभए आफ्नै देशबाट प्राप्त गर्छ।  देशमा उत्पादन गर्न नसकिने मात्र विदेशबाट खरिद गर्छ। विचारमा बिचलित हुने हैन, यो समय उत्पादनमा विचरण गर्ने हो। खाली पर्यटन बर्ष, पर्यटन दशक मात्र सोच्ने हैन, बरु त्यो साथ् साथै उत्पादन बर्ष, उत्पादन दशक पनि समान रुपमा मुखर गर्नु वान्छनीय हुन्छ। होम स्टेमा मात्र ध्यान केन्द्रित गर्ने भन्दा, होम-बेस्ड उत्पादनमा पनि नजर लगाउने बेला सामुन्ने छ।

अझ यस नारा “हामी नेपालमा बनाउँछौँ ” लाई नेता भन्ठान्नेहरुले आआफ्नो पार्टी र चरित्रमा अनुशरण गरे हुन्छ। जस्तै ” हामी नेता नेपालमा बनाउँछौँ “, “हामी विचार नेपालमा बनाउँछौँ “, “हामी पार्टी नेपालमा बनाउँछौँ ” , “हामी कानुन नेपालमा बनाउँछौँ ” आदि। समग्रमा जे बनाउने हो नेपालमै बनाऊ। जे  उपभोग गरिन्छ नेपालमै उत्पादित गरौँ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?