हाइकु

ऊ….संघीयता! मन्त्रीको डेराभित्र सपथ घोक्दै

ऊ….संघीयता! मन्त्रीको डेराभित्र सपथ घोक्दै
+
-

ऊ………संघीयता

मन्त्रीको डेराभित्र
सपथ घोक्दै ।
लुम्बिनी नाँच्दा
अर्धमूदित आँखा
त्यसै लोलाए ।
कोभिडे संघीयता
नेपाली भेरियन्ट
थला पार्दैछ ।
स्वाद हरायो ?
दाता रित्तिदै गर्दा
पतनोन्मुख !
अङ्ग -पतन
बेढङ्गी व्यवस्थाको
दङ्ग जनता !
रत्नाकर त
वाल्मिकी हुँदैछन् रे
फास्टट्रयाकमा ।
बा बोल्नुहुन्न
मन्त्र जापमा मग्न
आस्तिक यात्रा ?
बालाई खोज्न
नव तीर्थस्थलमा
पूजारी दौडे ।
बा एक्लिनु भो
मानिसहरूबाट
मोहको खेल !
घेर्दै -घेरिँदै
दम्भ, द्वेष र दाता
बोली फेरिँदै ।
बोली फेरिँदा
खोली तर्न गाह्रो भो
डुबिने हो कि !
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?