ट्राफिक नियम उल्लंघनबापत जरिवाना आफ्नै बैंक खाताबाट सीधै तिर्न सकिने

ट्राफिक नियम उल्लंघनबापत जरिवाना आफ्नै बैंक खाताबाट सीधै तिर्न सकिने
+
-

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइनमार्फत सहज र सुविधायुक्त भुक्तानी गर्ने व्यवस्था गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै अनलाइन सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी सुरु भए पनि अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आफ्नै बैंक खाताबाट सीधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको जानकारी दिए।

यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यता अन्त्य हुने र भीडभाडमा समेत कमी आउने उनको भनाइ छ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवाप्रदायक संस्थाबीच आबद्ध भई रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरी सिस्टम सञ्चालन गरेको ट्राफिक महाशाखाले जनाएको छ।

शुक्रबारदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिनेछ। आगामी दिनमा अन्य सेवाप्रदायक संस्थासँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको छ।

सम्झौतापत्रमा हस्तान्तरण कार्यक्रममा अनलाइन सेवाप्रदायक कम्पनी फोन पे प्रालिको तर्फबाट दिवशकुमार सापकोटार नेपाल क्लियरिङ हाउस लि. (कनेक्ट आईपीएस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिको उपस्थिति थियो।

आगामी दिनमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवाप्रदायकलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?