कम्युनिस्ट पार्टीबीच फेरि एकता गर्छौंः पुन

कम्युनिस्ट पार्टीबीच फेरि एकता गर्छौंः पुन
+
-

ओखलढुंगा – माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुने बताएका छन्।

ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरिने बताए।

आफूहरूले समाजवाद कार्यान्वयन गर्ने सही नियतसाथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रूपमा प्रयोग गरेकाले एकता दिगो नभएको पुनको भनाइ थियो।

‘केपी ओलीले समाजवादका लागि, कम्युनिस्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटानक्रमले पुष्टि गरेको छ’, पुनले भने, ‘ढिलो–चाँडो फेरि कम्युनिस्ट पार्टी एकतामा जानुपर्छ। कम्युनिस्ट पार्टीको एकता आवश्यक छ।’

पुनले तर, अब एकता गर्दा विचार र प्रवृत्तिगत रूपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट पारे। उनले माओवादीले सबै धारका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए।

‘एकता हिजो पनि जरुरी थियो, आज पनि जरुरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ’, उनले भने, ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताले प्रयास गर्छ। हामी एकताको झण्डा उठाउँछौं।’

यद्यपि, तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ थियो। पुनले माओवादीले एमालेसँग गठबन्धन गरेपछि गरेका गल्तीका लागि पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेना, सहिद तथा बेपत्ता परिवारलाई खोजीखोजी एकताबद्ध बनाउने र एकै ठाउँमा उभिने वातावरण बनाउने बताए।

‘अब हाम्रा मान्छे खोज्छौं, ०६४ मा ३४ लाख भोट थियो। अहिले १६ लाखमा झरेको छ। हामीबीच गल्ती भयो, असल नियतले गठबन्धन गरियो। आफ्नो शक्ति, विचार सुदृढ गरेर आफ्ना मान्छेलाई गोलबन्द गरेपछि मात्र हुनेरहेछ भनेर हामी गाउँगाउँ जान्छौँ। पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, भाइते, अपांग, सहिद बेपत्ता परिवार खोज्छौं’, पुनले भने।

भोटको राजनीतिमा पार्टी कहिले सानो र कहिले ठूलो हुने भन्दै पुनले मुलुक अहिले पनि माओवादी एजेन्डामै अघि बढेकाले आफूहरू कमजोर नभएको दाबी गरे।

१५–२० वर्षदेखि मुलुकको राजनीति माओवादी आन्दोलन वरिपरि घुमेको र अहिले पनि माओवादीका एजेन्डा मुलुकको एजेन्डाका रूपमा स्थापित भएको चर्चा गरे।

भोटकै राजनीतिमा पनि कमजोर नरहेको उनको दाबी छ।

पछिल्लो स्थानीय तहको निर्वाचन परिणामका आधारमा देशभर माओवादीका १६ लाख मतदाता रहेको भन्दै पुनले आगामी निर्वाचनसम्म उक्त संख्या दोब्बर बनाइने घोषणा गरे।

०६४ सालमा माओवादी ठूलो दलका रूपमा स्थापित हुँदा ३४ लाख मतदाता रहेको तथ्यांक प्रस्तुत गर्दै उनले देशभर कार्यकर्तामा देखिएको उत्साहले सोही अनुपातमा मत ल्याउन कठिन नभएको बताए।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय माओवादीका एजेन्डा हुन्’, पुनले भने, ‘आज यी सिंगो देशको र सबै पार्टीको साझा राष्ट्रिय एजेन्डा बनेको छ, अहिलेको संविधानका कैयौं प्रावधानमै माओवादी एजेन्डा छन्।’

पुनले अब एकता गर्दा ओलीको नभई माओवादी नेतृत्व हुने बताए।

‘एकताको झण्डा उठाउनुको अर्थ हामीले सबैलाई विचार र प्रवृत्तिले नेतृत्व गर्ने भन्ने हो। अब ओलीले होइन, हामीले एकताको पहल गर्ने हो।’ एकताअघि आफूहरूले सु–संगठित र व्यवस्थित पार्टीका रूपमा माओवादी केन्द्र सञ्चालन गर्ने र आफ्नो खुट्टामा आफैँ उभिने पुनले उल्लेख गरे।

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?