‘नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्न जरुरी छ’

‘नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्न जरुरी छ’
पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महरा (दायाँ) र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीर : देश सञ्चार
+
-

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन्।

संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा शुक्रबार अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए।

सही सूचनालाई विश्वभर पुर्‍याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए। कमी कमजोरीलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए।

उनले भने, ‘‘सही सूचनालाई दुनियाँभर पुर्‍याउने काममा पनि यहाँहरूको भूमिका हुनुपर्छ। अझै त्यो बढ्दै जाओस् र कमजोरी सच्याएर अगाडि बढोस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ। मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउनेतिर यहाँहरूले पनि सोचिदिनुहोला।’

मिडियाबाट आएका समाचारबाट पनि सांसदहरूले आफूलाई सुधार गर्ने गरेको उनको भनाइ छ।

संसद्को गतिविधिलाई जनतासमक्ष पु¥याउन पत्रकार तथा मिडियाको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?