हुम्लामा घट्यो इन्धनको मूल्य

हुम्लामा घट्यो इन्धनको मूल्य
सदरमुकाम सिमकोटमा खच्चडमा ढुवानी हुँदै गरेको इन्धन । तस्बिरः राजन रावत, हुम्ला
+
-

हुम्ला – जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा यातायात सञ्चालनमा आएपछि इन्धनको मूल्य घटेको छ।

कर्णाली करिडोरसँग हुम्ला जिल्लाका ताँजाकोट, अदानचुली र सर्केगार्ड गाउँपालिका जोडिएर सडक यातायात सञ्चालनमा आएपछि इन्धनको मूल्य घटेको व्यापारी धनराज शाहीले बताए।

उनका अनुसार गाढीबाट सर्केगार्डसम्म इन्धन ढुवानी भएर आउन थालेपछि मूल्य घटेको हो । दक्षिणी क्षेत्रका गाउँपालिकामा इन्धनको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पर्ने गर्छ।

सदरमुकाम सिमकोटमा भने सो इन्धनको मूल्य २ सय रुपैयाँ पर्ने खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।

उक्त इन्धनको मूल्य २३५ रुपैयाँ थियो । त्यसयता महिनैपिच्छे इन्धनको मूल्य घट्ने क्रममा छ।

रावतका अनुसार इन्धनको मूल्य घट्नुको कारण जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएर गाडीबाट ढुवानी भएर आउनु हो। मुगु हुम्ला लिंक रोड पनि चंखेली गाउँपालिकामा जोडिएपछि इन्धनको मूल्य घटेको उनको भनाइ छ।

यसअघि हवाईमार्ग हँुदै सुर्खेत र मुगुबाट खच्चडमा ढुवानी भएर आएको इन्धन प्रतिलिटर ३५० रुपैयाँसम्म पर्ने गथ्र्यो।
हेलिकप्टरबाट ढुवानी गरेर ल्याइएका गाडीका कारण भाडादर भने पुरानै कायम छ।

माथिल्लो हुम्लामा हाल बाह्र वटा बोलेरो, दुई दर्जन ट्र्याक्टर, एक दर्जन टिपर, आधा दर्जन स्काभेटर र एक दर्जन मोटरसाइकल गुड्दै आएका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?