नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रालिबीच सम्झौता

नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रालिबीच सम्झौता
+
-

काठमाडौँ – नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवा प्रदान गरेर कृषि प्राविधिकलाई सहयोग गर्ने सम्झौता भएको छ।

नीरजकुमार बस्नेत डनिल, प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र सुनितान्हेम्हाफुकी, अध्यक्ष, आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा.लि, काठमाडौँले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

साझेदारीबारे जानकारी दिँदै नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख नीरजकुमार बस्नेत डनिलले भने, ‘नबिल बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ, जुन नेपालको कुल ग्रार्हस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो।’

आर.एण्ड.डी. का अध्यक्ष सुनितान्हेम्हाफूकीले भनिन्, ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषिविषयअध्ययन गरेकाले नै कृषिव्यवसायवाउद्यम सञ्चालन गर्न नसक्नु हो।

तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउन नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसनले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहँँच सहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ।

यसका लागि आर.एण्ड.डी. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिक छनाेट गरी उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंक समक्ष सहुलियतकर्जाका लागि सिफारिस गर्नेछ।’

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलय, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ।

एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ,नबिल बैंक ग्राहकहरुलाई मूल्यअभिवृद्धि गर्न उच्च सेवा वितरणका लागि लक्षित छ।

यस्तै, आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. सन् २०१२ देखि सञ्चालनमा आएको छ, जसको लक्ष्य नेपालका किसान समुदायले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?