जुनार बजारीकरणका लागि सहयोग गर्न मन्त्री अर्याललाई किसानको आग्रह

जुनार बजारीकरणका लागि सहयोग गर्न मन्त्री अर्याललाई किसानको आग्रह
+
-

काठमाडौँ– डडेल्धुराका किसानले जुनार बजारीकरणका लागि कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालसँग सहयोगका लागि आग्रह गरेका छन्।

मन्त्री अर्यालसँग बिहीबार भेट गर्दै किसानले सिँचाइ अभावमा जुनारको बोट मर्ने समस्या अवगत गराउँदै सहयोगको अपेक्षा गरे।

भागेश्वर गाउँपालिका–५ चुल्ल–शिराड डडेल्धुराका किसानले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन्।

अहिले बजारीकरणका निम्ति १३ सय किलो जुनार काठमाडौं ल्याएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिए।

यस्तै, अगुवा किसान नारायणदत्त जोशीले सिँचाइ अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताए।

उनले भने, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याबारे जानकारी गरायौँ । उहाँले सहयोग गर्छौँ भन्नुभएको छ।’

मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन वृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?