सनराइज बैंकले ल्यायो ई–कार्ड सेवा सञ्चालनमा

सनराइज बैंकले ल्यायो ई–कार्ड सेवा सञ्चालनमा
+
-

काठमाडौँ – सनराइज बैंक लिमिटेडले ‘ई–कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ।

नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यसाथ विभिन्न सेवा–सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सुविधाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५ सय बराबरको कार्ड प्राप्त गर्न सक्नेछन्।

ई–कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५ सय बराबरको इकमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ।

आफ्नो कार्डमार्फत ग्राहकले एकै पटक वा पटक–पटक गरी एक वर्षमा अमेरिकी डलर ५ सय बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ।

ई–कार्ड प्रयोग गरी अनलाइनबाट प्रवाह हुने युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्जलगायत सुविधा सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न पनि सक्नेछन्।

नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार सन्राइज बैंक ई–कार्ड सञ्चालनमा ल्याएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?